कामना सेवा र त्रिविबीच सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंक र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन केन्द्रीय विभागबीच सम्झौता भएको छ । आइतबार व्यवस्थापन संकाय, व्यवस्थापन केन्द्रीय विभागसँग दक्ष जनशक्ति उत्पादन तथा आपूर्तिको लागि सहयोग आदानप्रदान गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापश्चात् व्यस्थापन केन्द्रीय विभागले वित्तीय साक्षरता कार्यक्रमलगायत बैंकका विभिन्न कार्यक्रममा विद्यार्थी स्वयंसेवक उपलब्ध गराउन सहमत भएको छ । साथै, व्यवस्थापन विभागका कर्मचारी, व्यवस्थापन सदस्य तथा विद्यार्थीलाई बैंकको वित्तीय सेवा सुविधा प्रयोग गर्न प्रोत्साहन गर्ने छ ।
सम्झौतापश्चात् बैंकले पहिचान गरेका क्षेत्रमा व्यवस्थापन केन्द्रीय विभागले अनुसन्धानसमेत गर्न सहमत भएको छ । बैंकको तर्फबाट व्यवस्थापन केन्द्रीय विभागका विद्यार्थीलाई इन्टर्नसिप कार्यक्रम र बैंकमा रोजगारीको अवसर समेत प्रदान गर्ने सम्झौता भएको छ । साथै, बैंकले प्रत्येक वर्ष विभागले सिफारिस गरेका विद्यार्थीलाई दुईवटा शोधकार्य गर्ने छात्रवृत्ति प्रदान गर्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया