स्मार्ट क्युआर र नेपाल पेको सहकार्य
काठमाडौं । नेपाल पे क्युआर र स्मार्ट क्युआरले नेटवर्कस्तरमा अन्तरआबद्ध भई सेवा सुरु गरेका छन् । आइतबार आयोजित औपचारिक कार्यक्रममा विभिन्न बैंक तथा वालेटका प्रतिनिधिहरूले स्मार्ट क्युआर र नेपाल पे क्युआर दुवै नेटवर्कमा भुक्तानी गरेर सेवाको शुभारम्भ गरेका हुन् ।
सो कार्यक्रममा स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)का प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानलगायत विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा सञ्चारमाध्यमका प्रतिनिधिहरूको उपस्थिति थियो । क्युआर भुक्तानीलाई थप प्रवर्द्धन गर्न नेटवर्कस्तरको अन्तरआबद्धतासहित सञ्चालनका लागि सहकार्य भएसँगै नेपाल पे क्युआरमार्फत आबद्ध भएका विभिन्न मोबाइल बैकिङ, वालेट र कनेक्ट आईपीएसका प्रयोगकर्ताहरूले स्मार्ट क्युआर नेटवर्कमा आबद्ध सम्पूर्ण मर्चेन्टहरूमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।
यसैगरी स्मार्ट क्युआर नेटवर्कको मोबाइल बैंकिङ र वालेटहरूले नेपाल पे क्युआर नेटवर्कमा आबद्ध तीन लाख ५० हजारभन्दा बढी मर्चेन्टमा सजिलै भुक्तानी गर्न सक्नेछन् । ग्राहक तथा व्यवसायी दुवैलाई नेटवर्क पहिचानमा समय खर्च नगरी सिधै भुक्तानी गर्न र लिन मिल्ने यो सुविधाले नेपालको डिजिटल भुक्तानी तथा अर्थतन्त्रमा टेवा पु-याउने विश्वास लिइएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया