टीभीएसको कीर्तिमानी
काठमाडौं । टीभीएस मोटर कम्पनीले भारतीय राष्ट्रिय स्पिड इन्ड्योरेन्सको कीर्तिमान कायम गरेको छ । २४ घण्टे स्पिड इन्ड्योरेन्स चुनौतीमा टीभीएसले कीर्तिमान कायम गरेको हो । आपोलो आल्फा एच १ टायर्सयुक्त टीभीएस आपचे आरआर ३१० मोटरसाइकलमार्फत कम्पनीले कीर्तिमानी कायम गरेको हो ।
कम्पनीले एनएट्रयाक्स (एसियाकै सबैभन्दा लामो हाइस्पिड ट्रयाक–एफएमएससीआईद्वारा प्रमाणित), इन्दौरमा तीन हजार छ सय ५७ दशमलव ९२ किलोमिटरको यो कीर्तिमान कायम गरेको हो । कम्पनीका अनुसार २४ घण्टे स्पिड एन्ड्योरेन्सको चुनौती टोलीमा १८ जना चालक सम्मिलित थिए । उनीहरूले तीन ओटो टीभीएस आपचे आरआर ३१० मोटरसाइकलहरूमा रिले गरेका थिए । २४ घण्टे स्पिड इन्ड्योरेन्स चुनौती जुलाई दुईमा आईएसटी बिहान १० बजेदेखि सुरु गरिएको थियो । चुनौतीकै एक भागका रूपमा सवारहरूले औसत गति १५२ किमि प्रतिघन्टामा कुल ३२२ ल्याप कभर गरेका थिए ।
यस्तै, चुनौतीको समयमा रेकर्ड गरिएको शीर्ष गति १७३ किमि प्रतिघण्टा रहेको थियो । चुनौतीमा २४ घन्टाको समयमा तीन हजार छ सय ५७ दशमलव ९२ किलोमिटरको दूरी कभर गरेबापत इन्डिया बुक अफ रेकर्डमा प्रवेश गरेको छ ।
टीभीएस रेसिङद्वारा अद्वितीय ट्र्याक वेपनकारूपमा निर्माण गरिएको टीभीएस आपाचे आरआर ३१० ले १७३ किलोमिटर प्रतिघण्टाको अधिकतम गति र १५२ किमि प्रतिघण्टाको औसत् गतिमा कुदेर रेकर्ड राखेको हो । कम्पनीको ‘ट्रयाक टू रोड’ दर्शनको प्रवद्र्धन गर्दै, टीभीएस आपाचे सिरिजले भर्खरै ५० लाख विश्वव्यापी बिक्रीको महत्वपूर्ण कोशेढुङ्गा प्राप्त गर्न सफल भएको छ । यसले विश्वव्यापी ग्राहकको विश्वास र बफादारी कमाउँदै सबैभन्दा तीव्र गतिमा वृद्धि हात पार्न सफल भएको कम्पनीको दाबी छ ।
टीभीएस आपचे आरआर ३१० द्वारा ट्र्याकमा प्रस्तुत असाधारण कार्यसम्पादनले यसको अत्याधुनिक प्रविधि र अटल विश्वसनीयताको प्रमाण दिने प्रिमियम टीभीएस मोटर कम्पनीका विजनेस हेड विमल सुम्ब्लीले बताए । यो कीर्तिमानी उपलब्धिले टीभीएस आपाचेलाई मोटरसाइकलको संसारमा एक सच्चा च्याम्पियनको रूपमा स्थापित गरिदिएको उनको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया