नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा जोशी
काठमाडौं । नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा साहारा जोशीको चयन भएकी छन् । मञ्चको १९औँ वार्षिक साधारणसभाले जोशीको नेतृत्वमा २०८०/८१ का लागि नयाँ राष्ट्रिय गभर्निङ काउन्सिल गठन गरेको हो ।
नयाँ राष्ट्रिय गभर्निङ काउन्सिलका अन्य पदाधिकारीमा पूर्वअध्यक्ष रितेश लामिछाने, प्रथम उपाध्यक्ष कुशलसुन्दर श्रेष्ठ, द्वितीय उपाध्यक्ष निभिता प्रधान र महिला उपाध्यक्ष ऋचा श्रेष्ठ रहेका छन् । काउन्सिलको कार्यकारिणी सदस्यमा विलाशा श्रेष्ठ, सुदीप घिमिरे, कृष्ण सापकोटा, पवित्रबहादुर गौतम, आभूषणज्योति कंसाकार र युनेशराज श्रेष्ठ रहेका छन् । काठमाडौंको ¥याडिसन होटलमा सम्पन्न साधारणसभा ‘नेसन फस्र्ट’ नारामा केन्द्रित थियो । नारालाई केन्द्रमा राखेर मञ्चका यस वर्षका गतिविधिहरू मेड इन नेपाल उद्यमी र उनीहरूको उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौंलगायत देशका विभिन्न ठाउँमा मेड इन नेपाल प्रदर्शनी आयोजना गरिएको थियो ।
कार्यक्रममा मञ्चको विगतका गतिविधि र भावी पहलबारे प्रस्तुति दिइएको थियो । नवनिर्वाचित अध्यक्ष जोशीले २०८०(८१ को लागि आफ्नो योजना प्रस्तुत गरेकी थिइन् । समितिका सबै सदस्यले फोरमको मूल्यमान्यता अनुरूप उद्यमशीलता र विकासको भावनालाई अगाडि बढाउने प्रतिबद्धता दोहो¥याएका छन् । उद्यमशीलता र युवाको क्षेत्रमा अनुकरणीय संस्था बन्ने लक्ष्य राख्दै मञ्चले सकारात्मक र समृद्ध नेपाल निर्माणमा योगदान पु¥याउने प्रयास जारी राख्ने बाचा गरेको छ ।
नवनिर्वाचित अध्यक्ष जोशीले मञ्चले इच्छुक÷भावी युवा उद्यमीलाई युवा उद्यमी सम्मेलन, लिडर्स प्रोजेक्ट, मेड इन नेपाल क्याम्पेनजस्ता पहललाई निरन्तरता दिँदै थप मजबुत बनाउने बताइन् । नयाँ समितिले सिकाइ र प्रगतिलाई बढावा दिन उद्यमीहरूबीचको क्षेत्रीय र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवद्र्धनको महत्वमा पनि जोड दिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया