Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारफक्सकनले भारतबाट आफ्नो लगानी फिर्ता लैजाँदै

फक्सकनले भारतबाट आफ्नो लगानी फिर्ता लैजाँदै


ताइवान । ताइवानको विश्वप्रसिद्ध चिप्स उत्पादन गर्ने कम्पनी फक्सकनले भारतमा गर्न लागेको लगानी फिर्ता लैजाने भएको छ । फक्सकनले सोमबार सेमीकन्डक्टर जोइन्ट भेन्चरमा भारतमा वेदान्त समूहसँग लगानी गर्न लागेको साढे १९ बिलियन अमेरिकी डलर फिर्ता लगेको बताएको हो । फक्सकनको यो निर्णयले भारतमा चिप उत्पादन बढाउने प्रधानमन्त्री नरेन्द्र मोदीको योजनामा झट्का लागेको छ ।

विश्वको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स चिप्स निर्माता कम्पनी फक्सकन र भारतको वेदान्त समूहबीच गतवर्ष संयुक्त लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो । फक्सकनले वेदान्तसँगको संयुक्त उद्यम अगाडि नबढ्ने निर्णयका पछाडि कुनै कारण सार्वजनिक गरेको छैन । फक्सकनले भारतमा वेदान्तसँग काम गर्न एक वर्षभन्दा बढी समय खर्चेको जनाएको छ । तर, उनीहरूले आपसीरूपमा संयुक्त लगानी अन्त्य गर्ने निर्णय गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले इलेक्ट्रोनिक्स उत्पादनमा ‘नयाँँ युग’को खोजी र आर्थिक रणनीतिको लागि चिप निर्माणलाई उच्च प्राथमिकतामा राख्दै आएका छन् । तर, फक्सकनको यो कदमले भारतमा चिप्स उत्पादन गर्ने पहिलो प्रयासलाई प्रहार गरेको बताइएको छ । ताइवानको फक्सकन आईफोन र अन्य एप्पल इन्कका उत्पादनका लागि चिप्स निर्माण गर्ने विश्वप्रसिद्ध कम्पनी हो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया