Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानलाई साउदीबाट दुई अर्ब डलर सहयोग

पाकिस्तानलाई साउदीबाट दुई अर्ब डलर सहयोग


एजेन्सी, विदेशी मुद्राको संकट व्यहोरिरहेको पाकिस्तानलाई साउदी अरबले दुई अर्ब अमेरिकी डलर प्रदान गरेको छ । विदेशी मुद्रा सञ्चिति निरन्तर घटेर जटिल आर्थिक परिस्थितितर्फ उन्मुख भएको पाकिस्तानलाई मंगलबार साउदी अरबबाट दुई अर्ब डलरको निक्षेप प्राप्त भएको हो । देशको आर्थिक संकटबाट जोगाउन अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग यसै महिना नयाँ सम्झौता अनुमोदन हुनलागेका बेला साउदीबाट प्राप्त सहयोगले इस्लामावादलाई ठूलो राहत मिलेको छ ।

पाकिस्तान अर्थतन्त्र भुक्तान सन्तुलनको संकटबाट ग्रस्त छ भने बाह्य ऋण सेवा प्राप्तिको प्रयास असफल भएको छ । महिनौँको राजनीतिक अराजकताले विदेशी लगानीलाई निरुत्साहित गर्दा पाकिस्तानमा विदेशी मुद्राको संकट देखिएको हो । मुद्रास्फीति ह्वात्तै बढेको छ । पाकिस्तानी रुपैयाँ डलरको तुलनामा कीर्तिमानी न्यून विन्दुमा पुगेको छ । देशलाई आयात धान्न धौधौ परिरहेको छ भने औद्योगिक उत्पादनमा गम्भीर गिरावट आएको छ ।

‘साउदी अरबले पछिल्लो समय स्टेट बैंक अफ पाकिस्तानको खातामा थप दुई अर्ब डलर जम्मा गर्ने घोषणाअनुरूप बैंकको खातामा उक्त रकम जम्मा भएको छ’, पाकिस्तानका अर्थमन्त्री इशाक दारले पत्रकार सम्मेलनमा भनेका छन् ।स्ट्यान्डर्ड क्यापिटल सेक्युरिटिजका अनुसन्धान विश्लेषक फैसल शाजीले पछिल्लो निक्षेपले पाकिस्तानको विदेशी मुद्रा सञ्चितिलाई स्थिर बनाउने र अन्तर्राष्ट्रिय बजारमा यसको ‘क्रेडिट रेटिङ’मा सुधार आउने बताएका छन् । आईएमएफको सहायता कार्यक्रमका निमित यो ठूलो र सकारात्मक विकास भएको तर्क गर्दै उनले यसबाट पाकिस्तानको मुद्रा बलियो हुने र त्यसले सेयर बजारमा राम्रो प्रभाव पार्ने दाबी गरेका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया