Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबैंक अफ अमेरिकाले नक्कली खाता खोलेको र अवैध शुल्क लिएको आरोप

बैंक अफ अमेरिकाले नक्कली खाता खोलेको र अवैध शुल्क लिएको आरोप


अमेरिका, बैंक अफ अमेरिकालाई नक्कली खाता खोलेको र अवैध शुल्क लिएको आरोप लागेको छ । संघीय नियामकहरूले मंगलबार यस्तो आरोप लगाएका हुन् । उनीहरूले सो बैंकले दोहोरो शुल्क लिएको, क्रेडिट कार्डको रिवार्ड रोकेको र नक्कली खाताहरू खोलेर ग्राहकलाई हानी पु¥याएको बताएका छन् । उनीहरूले बैंकले उपभोक्ताको वित्तीय सुरक्षा कानुन उल्लंघन गरेको पनि बताएका छन् ।

यही कारण, उपभोक्ता वित्तीय संरक्षण ब्युरोले बैंक अफ अमेरिकालाई ग्राहकको एक सय मिलियन शुल्क फिर्ता दिन र ९० मिलियन जरिबाना तिर्न आदेश दिएको छ । मुद्रा नियन्त्रकको कार्यालयले पनि बैंकलाई ६० मिलियन जरिबाना तिर्न आदेश दिएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया