Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएसियन खेलकुदमा भिभो आधिकारिक आपूर्तिकर्ता

एसियन खेलकुदमा भिभो आधिकारिक आपूर्तिकर्ता


ग्लोबल टेक्नोलोजी ब्रान्ड भिभोे चीनमा हुने १९औँे एसियन खेलकुदको लागि मोबाइल फोनको आधिकारिक आपूर्तिकर्ता हुने भएको छ । जुन १५ मा चीनको होङझाव एसियन खेलकुदको १०० दिनको काउन्टडाउनको सुरुवात भएको थियो । कार्यक्रममा एसियन खेल आयोजक समिति र भिभोबीच सहकार्य गर्ने सम्झौता भएको हो ।

हस्ताक्षर समारोहमा होङझाव एसियन खेल आयोजक समितिका उप–महासचिव तथा कार्यकारी निर्देशक माओ गेन्होङ, समितिका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका उप–प्रमुख सु जियान फेङ, समितिकै बजार विकास विभागका उप–प्रमुख डु मेङफेई र ये होङ तथा भिभो चीनका भाइस प्रेसिडेन्ट (ब्रान्डिङ) जिया जिंगडोंगलगायतको उपस्थिति थियो । यस १९औँ एसियन खेलकुद चीनको हाङ्चोउमा २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुँदैछ । जसमा ४५ राष्ट्रको सहभागितामा हुनेछ ।एसिया महादेशकै सबैभन्दा ठूलो बहु–खेलकुद कार्यक्रमको रूपमा रहेको यस होङझाव एसियन खेलकुदले सम्पूर्ण एसिया भरी खेलकुदमार्फत एकता र सौहार्दताको वातावरण बनाउने विश्वास आयोजकको छ ।

हस्ताक्षर समारोहमा हाङ्चोउ एसियन खेल आयोजक समितिका उप–महासचिव तथा कार्यकारी निर्देशक माओ गेन्होङले भिभोसँगको साझेदारीको लागि निकै उत्सुक रहेको बताए । ‘खेलकुद कार्यक्रममा भिभोको बृहत् अनुभव र नवीन प्रविधियुक्त उत्पादनका साथ प्रयोगकर्ताहरूको आवश्यकता पूरा गर्ने भिभोको प्रतिबद्धता सँग–सँगै हामी पनि यस कार्यक्रमलाई प्रवद्र्धन गर्न र दर्शकहरूसँग बलियो र प्रभावकारी सम्बन्ध स्थापना गर्न सक्षम हुनेछौँ’, उनले भने ।

भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले १९औँ एसियन खेलकुदको आधिकारिक मोबाइल फोन आपूर्तिकर्ता र आधिकारिक इ–स्पोर्ट्स गेमिङ फोनको रूपमा भिभोले प्रोफेसनल इमेजिङ टेक्नोलोजी र एक वास्तविक इ–स्पोर्ट्स अनुभवलाई एकै ठाउँँमा ल्याएको बताए । उनी खेलकुदमार्फत एकताको भावना बढाउन र यस खेललाई अझ भव्य बनाउन मद्दत गर्ने बताउँछन् । यस्तै, भिभो खेलकुद र प्रविधिबीच गहिरो सम्बन्ध रहेको हुन्छ भन्ने दृष्टिकोणबाट प्रेरित रहेको उनले बताए । हाङ्चोउ खेलकुदसँग भिभोको साझेदारीले प्रविधिको शक्तिले खेलकुदको अनुभवलाई कसरी नयाँ उचाइमा पु¥याउन सकिन्छ भनेर देखाएको कम्पनीको भनाइ छ ।

विगतका वर्षहरूमा पनि भिभोले सुदिरमान कप, एनबीए, फिफा वलर््डकप र युइएफए युरोजस्ता थुप्रै प्रतिष्ठित खेलकुद कार्यक्रममा सहकार्य गरिसकेको जनाएको छ । होङझाव एसियन गेमको लागि मोबाइल फोनको आधिकारिक विशेष आपूर्तिकर्ताको रूपमा भिभोले आफ्नो अत्याधुनिक र प्रोफेसनल इमेजिङ प्रविधिमार्फत खेलका सबैभन्दा रोमाञ्चक क्षणहरू रेकर्ड गरेर विश्वभरका प्रयोगकर्ताहरू माझ प्रस्तुत गर्ने कम्पनीको भनाइ छ । यसले मैदान भित्र र बाहिर हुने सबै दर्शकले खेलको भरपुर मजा लिन सक्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया