बिजबेल र फ्रान्सको बीडब्लूआईबीच सम्झौता
जलविद्युत् विकासमा अग्रसर निजी क्षेत्रको कम्पनी बिजबेल प्रालि र जलस्रोत क्षेत्रमा कार्यरत ब्लु वाटर इन्टेलिजेन्स (बीडब्लूआई) नामको फ्रेन्च कम्पनीबीच सम्झौता भएको छ । पेरिसमा भएको सम्झौतामा बिजबेलका संस्थापक सुशील पोखरेल र बीडब्लूआईका प्रमुख कार्यकारी अधिकृत जेरेमी फ्यानले हस्ताक्षर गरेका छन् ।
नेपालको जलस्रोत विकास तथा पूर्वानुमानका क्षेत्रमा यो सम्झौता एउटा कोशेढुंगा सावित हुने विश्वास दुवै कम्पनीले लिएका छन् । यसले पानीको अध्ययन, अनुगमन र संरक्षणमा बढ्दै गएको चुनौतीलाई सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास उनीहरूको छ । सम्झौतापछि बिजबेलका संस्थापक पोखरेलले बीडब्लूआईको उच्च आधुनिक प्रविधिबाट नेपालका नदीहरूमा प्रवाह हुने हाइड्रोलोजीको सही मापन गर्न सकिने बताए । ‘यसबाट हामीले हाइड्रोलोजीको सही तथ्याङ्क प्राप्त गर्न सक्नेछौँ र जसले वास्तविक ऊर्जा उत्पादनको सही प्रक्षेपण गर्न ठूलो मद्दत पुग्नेछ,’ उनले भने, ‘यसबाट हाम्रो विद्युत् खरिदकर्तालाई समेत आफूले प्राप्त गर्ने विद्युत्को लेखाजोखा गर्न सहयोग पुग्छ ।’
यसैगरी, बीडब्लूआईका प्रमुख कार्यकारी अधिकृत फ्यानले नेपालको जलविद्युत् क्षेत्रमा काम गरिरहेको कम्पनीसँग साझेदारी गर्न पाएकोमा खुसी व्यक्त गरे । दक्षिण एसियामा जनसाङ्ख्यिक वृद्धिका कारण सामाजिक संकट टार्न जलविद्युत् विकास अपरिहार्य रहेको पनि उनले बताए । ‘जलविद्युत् एक नवीकरणीय ऊर्जा भएको हुँदा यस क्षेत्रको विकासमा बिजबेलको समेत आफ्नै विज्ञता छ, जुन दिगो क्षेत्रीय विकासको महत्वपूर्ण कडी हुन सक्छ,’ उनले भने, ‘बिजबेलसँग जोडिएर दक्षिण एसियाको स्वच्छ ऊर्जामा काम गर्न पाउनु हाम्रा लागि पनि सुखद् पक्ष हो ।’ नेपालपछि बिजबेलसँगको साझेदारीमा अफ्रिकी देशहरूमा जलविद्युत् विकास गर्ने लक्ष्य रहेको पनि फ्यानले बताए ।
सोही क्रममा एसिया तथा दक्षिण प्रशान्त क्षेत्रको व्यापार हेर्ने संयोजक जिन फ्रान्कोइस अम्ब्रोसियोले बिजबेलसँगको साझेदारीले नेपालजस्तो हिमाली देशमा काम गर्ने अवसरको सही सदुपयोग हुने बताए । बीडब्लूआई भूमिगत जलभण्डारको अनुगमन, अन्तरदेशीय पानीको गुणस्तर मापन र नदीको बहावको पूर्वानुमानका क्षेत्रमा काम गर्ने विश्वस्तरकै चर्चित कम्पनी मानिन्छ । जलस्रोत व्यवस्थापनको क्षेत्रमा यस कम्पनीले पृथ्वीमा उपलब्ध तथ्याङ्कलाई कृत्रिम बौद्धिकतामार्फत विभिन्न देशका सरकार र सम्बद्ध कम्पनीलाई सहयोग गर्ने लक्ष्यका साथ काम गरिरहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया