एउटै वडामा १२ जना क्यान्सरपीडित !
दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिकाको एउटै वडामा १२ जना क्यान्सरका बिरामी भेटिएको छ । पालिकाको वडा नम्बर–४ मा मात्रै १२ जना क्यान्सर रोगी भेटिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका भरमा भने ३७ जना क्यान्सरका बिरामी भेटिएको बैतेश्वर गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
यस्तै, पालिकाभित्र सात जना मृगौलासम्बन्धी र एक जना मेरुदण्डको बिरामी रहेको स्वास्थ्य शाखा प्रमुख बाबुलाल तामाङले जानकारी दिए । सरकारले क्यान्सर, डायलासिस, किड्नी प्रत्यारोपण र मेरूदण्डको पक्षघात भएका बिरामीलाई मासिक औषधि उपचार खर्च पाँच हजार रुपैयाँ दिने निर्णयअनुसार पालिकाले उक्त रोगका बिरामीको तथ्याङ्क संकलन गरिरहेको छ । हालसम्म बैतेश्वरमा यस्ता विरामीको संख्या ४५ जना पुगेको पालिकाको भनाइ छ ।
स्वास्थ्य शाखाले दिएको तथ्याङ्कअनुसार पालिकाको वडा नम्बर ४ र ६ मा सबैभन्दा बढी क्यान्सर रोगी रहेका छन् । वडा नम्बर ४ मा १२ जना क्यान्सरपीडित छन् भने वडा नम्बर ६ मा १० जना क्यान्सरपीडित छन् ।
त्यस्तै, वडा नम्बर ७ मा छ जना क्यान्सर बिरामी रहेका छन् भने एक जना किड्नी डायलासिस बिरामी रहेकोे पाइएको छ । वडा नम्बर ३ मा तीन जना क्यान्सर र दुई जना किड्नी डायलाइसिस गरिरहने बिरामी रहेका छन् । यसैगरी वडा नम्बर ५ मा दुई जना र वडा नम्बर २ मा तीन क्यान्सरका बिरामी रहेका छन् । वडा नम्बर १ र ८ मा भने क्यान्सरका बिरामी नरहेको पाइएको छ । वडा नम्बर १ मा किड्नीका बिरामी तीन जना रहेका छन् । उक्त वडामा दुई जना प्रत्यारोपण र एक जना डायलाइसिस बिरामी रहेकोे पाइएको छ ।
क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 8
ताजा अपडेट
- गोदावरीमा मण्डला प्रतियोगिता हुने
- उद्योग क्षेत्रमा बारम्बार विद्युत् लाइन नकाट्न आग्रह
- नेपालको पर्यटन प्रवर्द्धनका लागि भाइबरसँग सहकार्य
- महिलालाई नीतिनिर्माण प्रक्रियामा साझेदार बनाउन सरकार प्रतिबद्ध
- ‘कृषिको व्यावसायीकरणका लागि निजी क्षेत्रसँग सहकार्य’
- अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन : कार्बन उत्सर्जन कम गर्ने विषयमा छलफल
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- अब हामीले बोक्ने सवारी चालक अनुमतिपत्र कस्तो हुन्छ?
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया