हिमालयन लाइफद्वारा एक करोडको मृत्यु दाबी भुक्तानी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा मृत्यु दाबीबापत एक करोड रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरी मृतक बीमित देवबहादुर खत्रीकी पत्नी यमुना चालिसेलाई रकम भुक्तानी गरिएको हो ।
साविक युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा तीन वर्षअघि एक करोडको जीबन बीमा गरेका देवबहादुर खत्रीको मृत्युपछि दाबी गरिएको रकम पनि प्रदान गरिएको छ । कम्पनीको नयाँ बानेश्वर शाखा प्रबन्धक विमल पौडेलले मृतककी पत्नी यमुना चालिसेलाई चेक हस्तान्तरण गरेका हुन् । कम्पनीबाट प्रदान गरिएको चेक ग्रहण गर्दै बीमितको पत्नी यमुनाले समयमा नै कम्पनीले दाबी भुक्तानी गरेको उल्लेख गदै यस प्रकारको कार्यबाट बीमा कम्पनीप्रति आममानिसको विश्वास बढ्ने बताइन् । कम्पनीले आवश्यक प्रक्रिया पूरा भई बीमितबाट प्राप्त भएका मृत्यु दाबीहरू छिटो छरितो भुक्तानी गर्दै आएको जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया