१५ साना सिँचाइ योजना निर्माण
म्याग्दी । कृषि ज्ञान केन्द्रमार्फत आर्थिक वर्ष २०७९/८० मा जिल्लामा १५ साना सिँचाइ आयोजना निर्माण भएका छन् । केन्द्रको अनुदान सहयोगमा कृषक, समूह र सहकारीले पोखरी, पाइपलाइन, नहर निर्माण तथा मुहान संरक्षण गरेका हुन् ।
एक पोखरी, दुई ठाउँमा नहर निर्माण र ११ ठाउँमा पाइपलाइन जडान गरेर करिब दुई हजार रोपनी क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरिएको केन्द्रका बाली संरक्षण अधिकृत सञ्जीव बाँस्तोलाले जानकारी दिए । सो आयोजनाबाट तीन सय घरधुरी कृषक लाभान्वित भएका छन् । ‘साना सिँचाइ कार्यक्रममार्फत १५ समूहलाई २७ लाख नौ हजार अनुदान उपलब्ध गराइएको छ’, उनले भने, ‘केन्द्रको ९० प्रतिशत अनुदान र कृषक तथा समूहको १० प्रतिशत श्रमदानमा सिँचाइ योजना निर्माण भएका हुन् ।’ साना सिँचाइ योजना निर्माणका लागि केन्द्रले एउटा समूहलाई एक लाख ९९ हजार आठ सय रुपैयाँका दरले अनुदान उपलब्ध गराएको छ । मुहानको संरक्षण, इन्टेक, ट्याङ्की, पोखरी निर्माण र पाइप जडान गरेर नियमित सिँचाइको व्यवस्था मिलाइएको छ ।
गाउँपालिका र सिँचाइ डिभिजन कार्यालयले सम्बोधन गर्न नसकेका कृषकको समस्या साना सिँचाइ कार्यक्रममार्फत समेटिएको कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले बताए । सिँचाइ पोखरी निर्माण भएपछि धानको ब्याड राख्न र रोपाइँ गर्न सहज भएको बेनपा ९ तोरीपानीका तुलसीराज गिरीले बताए । मुहानको थोरै स्रोतको पानी पोखरीमा संकलन गरेर तरकारी र सुन्तला खेतीमा पनि सिँचाइ गर्न सहयोग मिलेको छ । कार्यक्रममार्फत धेरैजसो कृषकले पाइप खरिद गरेका छन् । दुई लाख २९ हजार सात सय छ हेक्टर क्षेत्रफलमा फैलिएको गण्डकी प्रदेशअन्तर्गत छ स्थानीय तह भएको म्याग्दीमा ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन छ ।
क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया