‘नाडा अटो सो’का लागि बुकिङ खुला
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्न लागेको नाडा अटो सो २०२३ को लागि स्टल बुकिङ खुला गरेको छ । हरेक वर्ष भव्यरूपमा मनाइँदै आएको सो आगामी भदौ २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।
नाडाले हरेक वर्ष दशैंको समयमा गर्ने यस्तो कार्यक्रम तीन वर्षदेखि हुन सकेको थिएन । कोभिड महामारीका कारण २०२०, २०२१ र २०२२ मा हुन नसकेको कार्यक्रम यस वर्ष भने भदौमा गर्न लागिएको हो । गत वर्ष भृकुटीमण्डपमा नाडाले इभी एक्सपो २०२२ को आयोजना गरेको थियो ।
आउँदो नाडा अटो सोमा चार पाँगे्र, तीन पाँग्रे तथा दुई पाँगे्र सवारी प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ । यो वर्ष विद्युतीय गाडीलाई पनि प्राथमिकता दिइएको नाडाले जनाएको छ । सवारीका अलावा प्रदर्शनीमा ढुवानीका साधनहरू, स्पेयर पार्ट्स, टायरट्युब, ब्याट्री, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवम् ग्यारेज उपकरणहरूसमेत राखिने भएका छन् । त्यसैगरी प्रदर्शनीमा बैंक, इन्स्योरेन्सलगायत ट्राफिक, सडक सुरक्षा र वातावरणसँग सम्बन्धित संघसंस्थाको समेत सहभागिता रहने आयोजकले जनाएको छ । प्रदर्शनीमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब २० अर्बभन्दा बढीको कारोबार हुने अपेक्षा आयोजकको दाबी छ ।
नाडाका अनुसार कोभिडको दीर्घकालीन असर सरकारले केही सवारीको आयातमा लगाएको प्रतिबन्ध र प्रतिकूल मौद्रिक नीतिजस्ता विभिन्न कारणहरूले विगतमा सुस्ताएको अटोमोबाइल व्यवसायमा हाल आएको सुधार तथा सकारात्मकतातर्फ अग्रसर भइरहेको राष्ट्रिय अर्थतन्त्रका कारण यो प्रदर्शनी यसअघिका प्रदर्शनीभन्दा बृहत् अपेक्षा राखिएको छ । त्यसैगरी यस प्रदर्शनीमा नेपालभरका अटोमोबाइल व्यवसायीको अधिकतम सहभागिता रहने अपेक्षा समेत गरिएको नाडाले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया