विश्वका दुई दर्जन केन्द्रीय बैंकले डिजिटल मुद्रा ल्याउँदै
स्वीट्जरल्यान्ड । केन्द्रीय बैंकहरूको पनि बैंक भनेर चिनिने ‘बैंक फर इन्टरनेसनल सेटलमेन्ट (बीआईएस)’ले एक प्रतिवेदन सार्वजनिक गर्दै सन् २०३० भित्र विश्वका दुई दर्जन केन्द्रीय बैंकहरूले डिजिटल मुद्रा चलनचल्तीमा ल्याउने बताएको छ ।
विश्वका उदीयमान र विकसित अर्थतन्त्रका दुई दर्जनभन्दा बढी केन्द्रीय बैंकहरूले यसको तयारी गरिरहेका छन् । र सन् २०३० भित्र २४ देशका केन्द्रीय बैंकहरूले डिजिटल मुद्रा ल्याउने बीआईएसको सर्वेक्षणले देखाएको हो ।
अहिले विश्वका धेरै केन्द्रीय बैंकहरूले ‘सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी)’ ल्याउनका लागि अनुसन्धान गरिरहेका छन् ।
अहिले विश्वमा विभिन्न क्रिप्टोकरेन्सीको प्रयोग बढ्दै गएपछि केन्द्रीय बैंकहरू पनि डिजिटल करेन्सी ल्याउन दबाबमा छन् । केन्द्रीय बैंकहरूले खुद्रा कारोबारमा डिजिटल भुक्तानीको प्रयोग बढिरहेको बेला निजी क्रिप्टोकरेन्सीहरूले चुनौती दिएपछि केन्द्रीय बैंकहरू आफैँ डिजिटल मुद्रा ल्याउने तयारीमा लागेका हुन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया