काठमाडौं । चालू आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा देशको अर्थतन्त्रमा व्यापक सुधार आयो भनी त्यत्तिकै प्र्रचारप्रसार गरिएको छ । खासगरी विदेशी मुद्रा सञ्चितिमा त्यस्तो सुधार आएको पनि छ । करका दरमा व्यापक परिवर्तन गरिएको र करको दायरा बढाउने भनी अनेक वस्तुमा कर लगाएको विषयले पछिल्लो समय वस्तु आयातमा व्यापक कमी आएको भनी चर्चा चलिरहेको बेला बाह्य क्षेत्रका केही सूचकहरू सकारात्मक देखिन गएको हुनुपर्छ । त्यसमा वर्षअघिको आजको तुलनामा रेमिट्यान्स बढेको कुरा सकारात्मक हो । यता रेमिट्यान्स बढ्नु र उता आयात घट्नुसँगसँगै भएको पाइन्छ । नेपाल राष्ट्र बैंकको पछिल्लो आर्थिक तथा वित्तीय स्थिति विवरणमा त्यस्तो देखिए पनि यता राष्ट्रको आम्दानी भने घटेको छ । तर गत वर्ष यही समयमा दुई खर्ब ६९ अर्ब रुपैयाँले घाटामा रहेको शोधनान्तर स्थिति भने यस वर्ष दुई खर्ब २८ अर्बले बचतमा देखिएको छ । शोधनान्तर स्थिति यति ठूलो अंकमा बचतमा जानु भनेको निश्चय नै राम्रो कुरा हो । तर यसैक्रममा अरू सूचनाले भने सरकारको अर्को पक्ष खोल्छ । तथ्याङ्कले नै दिएको यसको अर्काे पाटो भने त्यति राम्रो छैन ।
त्यसै पनि रेमिट्यान्स विदेशी विनिमयको स्रोत र सञ्चितिका लागि स्थायी माध्यम मानिँदैन । यसलाई आफ्ना नागरिकहरूको बाध्यताको उपजका रूपमा लिने गरिन्छ । त्यस्तो सञ्चितिका स्थायी माध्यम हुन वैदेशिक लगानी, निर्यात व्यापार, वैदेशिक सहयोगलगायतका क्षेत्रहरू बढ्नु पर्ने हुन्छ । अर्थतन्त्र सुध्रिएको मान्ने हो भने यी क्षेत्रका सूचकहरू कुन अवस्थामा छन् भन्ने हेर्नुपर्छ । सरकार साधारण खर्चमा पनि घाटामा छ । व्यापार घाटाको अंक दिनहुँ बढिरहेको पाइन्छ । विलासिताका वस्तुमा व्यापकरूपले प्रतिबन्ध लगाउँदा पनि व्यापार घाटा घटेन । यस्तो प्रतिबन्ध केवल विदेशी मुद्राको सञ्चिति बढाउने सन्दर्भको लागि मात्र थियोजस्तो भयो । यता त्यसबाट देशले घाटा भने ठूलो मात्रामा व्यहोर्नुप-यो । राष्ट्रिय आम्दानी नै घटेको अवस्था सामान्य होइन । यसै कारण पनि सामान्य खर्च धान्न पनि ऋण लिनुपर्ने अवस्था आयो । यी सबै पक्षहरूले देशको आन्तरिक अर्थतन्त्र सुधारिएको अवस्थामा छैन भन्ने निष्कर्ष आएको हुनुपर्छ । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशकका अनुसार अर्थतन्त्रको बाह्य क्षेत्रमा व्यापक सुधार भएको भनिए पनि वास्तवमा त्यस्तो हुनसकेको छैन । उनका अनुसार ‘वैदेशिक सहयोग पोहोरभन्दा घटेको छ, वस्तु निर्यात घटेको छ, सेवा निर्यात पनि अझै ऋणात्मक छ जुन हाम्रो आन्तरिक अर्थतन्त्रसँग जोडिएका विषयवस्तु हुन् जसमा कुनै सुधार आएको छैन, रेमिट्यान्स बढेको छ, विदेशी विनिमय सञ्चिति बढेको छ तर यी विषय आन्तरिक अर्थतन्त्रसँग नजोडिएको हुनाले अरू सूचकहरू हेर्नुपर्छ ।
अर्थतन्त्रमा कुनै एउटा पक्षमा थोरै उपलब्धि भयो भने धेरै रमाउने चलन छ । कतिपय अवस्थामा त यस्तो कामलाई सरकारले आफ्नो बहादुरी पनि ठान्छ । तर जहाँनेर बहादुरी देखाउनुपर्ने हो, त्यो ठाउँमा चाहिँ ऊ चुकिरहेको हुन्छ । जस्तो पछिल्ला दिन राजस्व उठ्ती घटिरहेको छ । यता चुहावटका समाचार भने झन्झन् व्यापक हुँदै आइरहेका छन् । विदेशी लगानी बढाउन नियमकानुनमा सुधार खोजिरहेको अवस्था छ । तर सरकार त्यसप्रति वास्ता गरिरहेको छैन । निश्चय नै चालू आर्थिक वर्षको ११ महिनामा ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको अवस्था छ । यो भनेको महिनाको एक खर्बको हिसाब हो । अघिल्लो वर्षको तुलनामा यो बढी पनि हो तर के आउँदो वर्ष यो यही रूपले बढ्ला वा स्थिर मात्रै पनि रहला भन्ने प्रश्न मनमा उब्जिन्छ । अर्थतन्त्रमा सुधार नै भएको थियो भने यस्तो संशय रहन नहुने हो ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया