स्थानीय न्यायिक समिति विवाद मिलाउन घरदैलोमा
दोलखा । दोलखाका स्थानीय तहका न्यायिक समितिहरू स्थानीय स्तरका विवाद मिलाउन घरदैलोमा पुग्न थालेका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार गठन भएको न्यायिक समिति पालिकाभित्रका समस्या समाधानका लागि घरदैलोमै पुग्न थालेका हुन् ।
स्थानीय तहको निर्वाचन हुनुअघि जिल्लामा पुग्ने सयौं स्थानीय सामान्य विवादका उजुरी तथा घटनाहरू २०७४ को निर्वाचनपछि बनेको न्यायिक समितिमार्फत गाउँटोल तथा स्थानीय वडा र पालिकामै समाधान हुने गरेका छन् । स्थानीय विवादका उजुरी तथा घटना मिलाउने जिम्मेवारी पाएका स्थानीय तहको उपप्रमुख तथा उपाध्यक्ष नेतृत्वको न्यायिक समितिले जनताको घरदैलोमै पुगेर स्थानीय विवाद मिलाउन थालेको छ । मेलुङ गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी प्रमुख गायत्री आचार्य स्थानीय विवादका उजुरी गाउँघरमा नै गएर मिलाउने गरेको बताउँछिन् । आफ्नो पहिलो एक वर्षको अवधिमा करिब दुई दर्जन स्थानीय उजुरीलाई पालिकामै मिलाउन सफल भएको उनले बताइन् । ‘सुरु–सुरुमा केही उजुरीका घटना मिलाउन समस्या हुने गरेको थियो । तर अहिले अधिकांश विवाद गाउँघरमा नै मिल्ने गरेका छन्’, उनले भनिन् ।
यस्तै, तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष सिर्जना सुवेदी र बैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेतीले पनि पालिकामा आउने ८० प्रतिशत बढी उजुरी तथा निवेदनलाई गाउँपालिकाको न्यायिक समितिमार्फत मेलमिलाप गराउन सफल भएको बताए । बैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेतीले एक वर्षको अवधिमा पालिका परेका उजुरीमध्ये ८० प्रतिशतको समाधान गरेको बताइन् । स्थानीय न्यायिक समितिमा आउने गालीबेइज्जती, ज्यालामजदुरी, सिमाना रुख, स्थानीय झै–झगडा, सार्वजनिक बाटो विवाद, श्रीमान्श्रीमती घरायसी विवाद, आलिधुरलगायतका स्थानीय उजुरीलाई पालिकाबाटै मेलमिलाप गराइएको उनले बताइन् ।
तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष सिर्जना सुवेदीले पनि पालिकामा आउने तथा दर्ता भएकामध्ये ८० प्रतिशत घटना न्यायिक समितिमार्फत मिलाएको जानकारी दिइन् । यस्तै, स्थानीय विवादका उजुरी घट्दै गएको पनि उनले बताइन् । चालू वर्षमा तामाकोशी गाउँपालिकाको न्यायिक समितिमा २० वटा स्थानीय उजुरी आएकोमा १८ वटा विवादका उजुरी न्यायिक समितिमा छलफल गरी मिलाएको उनले बताइन् । उनका अनुसार तामाकोशी गाउँपालिकामा २५ जना न्यायिककर्ताहरू सूचीकृत रहेका छन् ।
क्याटेगोरी : बिबिध
ट्याग : #Page 8
ताजा अपडेट
- नेपाल निप्पोन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज स्थापना
- जोन्टा, एनसेल फाउन्डेसन, यूएनएफपीए र युनिसेफ नेपालबीच सहकार्य
- कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम
- पोखरा महानगरपालिकाको कागजपत्र अख्तियारको नियन्त्रणमा
- ‘बीबी माइनस ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटी’
- ट्रम्पका कारण चीन, क्यानडा र मेक्सिकोको मुद्रा अवमूल्यन
- दुर्गा प्रसाईंको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन
- एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुन: बोलपत्र आह्वान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया