Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअनलाइन कक्षाहरु सञ्चालनमा तीव्रता दिँदै सेन्ट जोसेफ

अनलाइन कक्षाहरु सञ्चालनमा तीव्रता दिँदै सेन्ट जोसेफ


पोसकान्त पोखरेल

रुपन्देही,बैशाख १४

रुपन्देहीको भलबारीमा अवस्थित सेण्ट जोसेफ इङ्लिस बोर्डिङ माविले प्रविधियुक्त कक्षाहरु सञ्चालनमा तीव्रता दिएको विद्यालयका सहायक प्राचार्य कमल पोखरेलले जानकारी गराए । पोखरेलले कोरोना भाइरसको संक्रमणको महामारीका कारण शैक्षिक संस्था बन्द गर्नुपर्ने बाध्यात्मक अवस्थालाई मध्यनजर गर्दै प्रविधिमैत्री अनलाइन कक्षाहरु सञ्चालन गरेको बताए । सहप्राचार्य पोखरेलले भने, ‘शैक्षिक संस्थाहरु बन्दा हुँदा स्वभाविक रुपमा पठनपाठनले गति लिन सक्दैन । स–साना कक्षाका विद्यार्थीहरुलाई अभिभावकहरुले पनि पढाउन सक्नुहुन्छ तर माथिल्ला कक्षाका विद्यार्थीहरुलाई सबै अभिभावकले पढाउन सक्नुहुन्न । नियमित रुपमा पठनपाठन गर्ने शैक्षिक संस्थाहरु बन्द हुँदा बन्दको असर सबै विद्यार्थीहरुलाई परेकै हुन्छ ।

त्यसमा पनि सबै भन्दा बढी असर तल्लो कक्षाहरुमा अध्यन गर्ने विद्यार्थीहरुलाई भन्दा माथिल्ला कक्षाहरुमा अध्यन गर्ने विद्यार्थीहरुलाई पर्दछ । तिनै विद्यार्थीहरुको अवरुद्ध पठनपाठनलाई मध्यनजर गर्दै जुम एप्सको सहयोगमा अनलाईन कक्षाहरु सञ्चालनमा तिब्रता दिएका हौं ।’
विद्यार्थीहरुमा भएको ज्ञानलाई गर्न र नयाँ सिकाइको अभ्यासको लागि विद्यालयले सञ्चालन गरेका अनलाइन कक्षाहरुले प्रभावकारी भूमिका खेलेको बताउँदै सह–प्राचार्य पोखरेलले कक्षा १२ व्यवस्थापन संकायका एक सय ४० जना, विज्ञान संकायका ६० जना र कक्षा दशमा अध्यन गर्ने अहिले एसईई दिने ३७जना विद्यार्थीहरु गरी दुई सय ३७ जना विद्यार्थीहरुले अनलाइन कक्षा पठनपाठनबाट लाभ लिईरहेको बताए । उनले सुरुमा त हामीलाई अनलाइन कक्षाहरु सञ्चालनले खासै प्रभाव पार्ला जस्तो लागेको थिएन । तर कक्षाहरु सञ्चालन भइसकेपछि विद्यार्थीहरुको उत्सुकताले निरन्तरतामा हौसला थपेको बताए ।

विद्यार्थीहरुको क्षमता वृद्धिमा अनलाइन माध्यमबाट पठनपाठन गराउँदै आएको सेण्टजोसेफले सञ्चालन गरेको उक्त अनलाईन कक्षाहरुमा प्राचार्य लक्ष्मण अर्याल, सहायक प्राचार्य कमल पोखरेल र प्लस टु कोडिनेटर अर्चित श्रेष्ठ र छविलाल भुषालले विद्यार्थीहरुका जिज्ञासा तथा पठनपाठन सम्बन्धी विशेष कक्षाहरु सञ्चालन गरेको सो विद्यालयले जनाएको छ । शैक्षिक गुणस्तरमा जिल्लामै गनिने शैक्षिक संस्थाको रुपमा परिचित विद्यालयले नियमित रुपमा अभिभावकहरुको सम्पर्कमा रहि विद्यार्थीहरुको पठनपाठन क्षमता वृद्धिमा जोड दिइरहेको पाइन्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x