नबिल बैंक ३९औँ वर्षमा
काठमाडौं । नबिल बैंकले ३९ औं वार्षिकोत्सव मनाएको छ । बुधबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच बैंकले वार्षिकोत्सव मनाएको हो । निजी क्षेत्रबाट सञ्चालित देशकै पहिलो बैंकको रूपमा १२ जुलाई सन् १९८४ मा यसको स्थापना भएको थियो । ३९ औँ वार्षिकोत्सव मनाउँदासम्म बैंकले पाएको ग्राहकको मायाले आफूहरू उत्साहित भएको बैंकका अधिकारीहरूले जनाएका छन् ।
वार्षिकोत्सवको अवसरमा बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकप्रति ग्राहकको अटुट भरोसा रहेको भन्दै यो भरोसा जोगाइराख्ने प्रतिबद्धता व्यक्त गरे । स्थापना कालदेखि नै बैंककोे प्राथमिकता ग्राहकको सन्तुष्टिमा केन्द्रित रहेको भन्दै दिगो र डिजिटलाइज्ड बैंकिङलाई अझ सबल बनाउँदै ग्राहकलाई सुविधा दिन तत्पर रहने उनले बताए ।
३९ औँ वर्षसम्म आइपुग्दा बैंकको कुल निक्षेप तीन खर्ब ७८ अर्ब तथा कुल कर्जा तीन खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ । नबिलले २० लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ । त्यस्तैगरी देशभरिको शाखा विस्तार भई दुई सय ६४ शाखा र दुई सय ९८ एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया