टेमासेक फाउन्डेसनद्वारा नेपाललाई १० हजार फर्टिट्युड किट २.० प्रदान
काठमाडौं,बैशाख १४
सिंगापुर लगानीकर्ता कम्पनीअन्तर्गत एक परोपकारी संस्था टेमासेक फाउन्डेसनले नेपाललाई १० हजार फर्टिट्यूड किट २.० प्रदान गरेको छ । उक्त किटहरु नेपाल सेनालाई प्रदान गरिएको थियो जुन फ्रन्टलाइन स्वास्थकर्मद्वारा देशभरका कोभिड—१९ का बिरामीहरुको परिक्षणका लागि उपयोग गरिनेछ । फर्टिट्यूड किट २.० विज्ञान, प्रविधि तथा अनुसन्धानका लागि सिंगापुरको एजेन्सी ए स्टारद्वारा एसएआरएस कोभिड—२ भाइरस पत्ता लगाउनका लागि डिजाइन गरिएको हो । यो एसएआरएस कोभिड—२ भाइरस पत्तालगाउनका लागि ‘अलइनवान’ १ चरणआरटी—पीसीआर किट हो । यो किटमा आरटी—पीसी आर÷ओएफआर रियाक्सनका लागि आवश्यक सम्पूर्ण सामग्रीहरु प्रइमर प्रोब मिक्स, इन्जाइममिक्स, पोजेटिभ कन्ट्रोल, नेगेटिभ कन्ट्रोल र इन्टरनल कन्ट्रोल टेमप्लेटसहित आउँदछ ।
टेमासेक फाउन्डेसन इन्टरनेशनलका प्रमुख कार्यकारी निर्देशक बेन्डिक्ट चियोङले भने, ‘यो कठिन समयमा, टेमासेक फाउन्डेशन नेपालका हाम्रा साथीहरुसँग एकतावद्ध छ । हामी आशा गर्दछौं कि यी किटहरु नेपालमा साहसपूर्वक कोभिड—१९ का अवस्थाहरुलाई व्यवस्थापन गरिरहेका अस्पताल र चिकित्सकहरुलाई उपयोगी हुनेछ । हामी हाम्रो निरन्तर सहकार्यलाई कायम गर्दै एक अर्कासँग र अन्तर्राष्ट्रिय समुदायहरुसँग कार्य जारी राख्नेछौं ।’
टेमासेक फाउन्डेसनले नेपाल सरकारको सीसीएमसी, स्वास्थ मन्त्रालय, नागरिक समाजका सदस्यहरु डा. बिजेन्द्र बराल, रञ्जित आचार्य र निल पाण्डेलाई समन्यवयन प्रयासका लागि हार्दिक आभार व्यक्त गरेको छ । श्री एयरलाइन्समा पशुपति मुराकर र शेखर गोल्छाले सिंगापुरबाट सामानहरु ल्याउन प्लाइट चार्टर्ड गरेका थिए । टेमासेक फाउन्डेसनले सन् २०१४ मा प्रकोप न्यूनिकरण प्रयासको रुपमा सरकारी विद्यालयहरुको पर्खाल संरचनाहरु सुद्दढ पार्न मद्दत गरेको थियो । यो फाउन्डेसनले आवश्यकताको समयमा देशको सेवा गर्दै आइरहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- प्रधानमन्त्री ओलीको चीन भ्रमण राष्ट्रियहितका लागि: एमाले
- मानव तस्करीको आरोप लागेका पूर्वमन्त्रीलाई एमालेले गर्यो निलम्बन
- हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति
- चीनको अर्थतन्त्र सुधार्ने कोसिसलाई ट्रम्पले उल्ट्याइदिन सक्छन्?
- प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको लागि मेची–महाकाली अभियान चलाइनेछ : अध्यक्ष दाहाल
- भैरहवाबाट एकै दिन तीन अन्तर्राष्ट्रिय उडान
- पाकिस्तानको रेलवे स्टेसनमा विस्फोटहुँदा १७ जनाको मृत्यु
- गाजा पट्टी पूर्ण रूपमा नष्ट क्षेत्रमा परिणत : राष्ट्रसङ्घीय अधिकारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया