अष्ट्रेलियाको केन्द्रीय बैंकको गभर्नरमा पहिलो पटक महिला
अष्ट्रेलिया । अष्ट्रेलियाको केन्द्रीय बैंकको गभर्नरमा पहिलो पटक महिला नियुक्त भएकी छिन् । अर्थ मन्त्रालयले रिजर्भ बैंक अफ अष्ट्रेलिया (आरबीए)को गभर्नरमा मिशेल बुलुकलाई नियुक्त गरेको छ ।
बुलुक आरबीएको ६३ वर्षे इतिहासमा पहिलो महिला गभर्नर बनेकी छन् । यसअघि सन् २०२२ को अप्रिलयता उनी केन्द्रीय बैंकको डेपुटी गभर्नर थिइन् । उनी आरबीएकी नवौँ गभर्नर हुन् । सेप्टेम्बर १७ मा फिलिप लोवेले सातवर्षे कार्यकाल पूरा गरेपछि अर्थ मन्त्रालयले मिशेल बुलकलाई नियुक्त गरेको हो ।
बुलक करिब चार दशकपहिले केन्द्रीय बैंकमा विश्लेषकको रूपमा प्रवेश गरेकी थिइन् । उनी सन् २०२२ मा डेपुटी गभर्नरको रूपमा नियुक्र हुनुअघि सहायक गभर्नर र भुक्तानी नीति विभागको प्रमुखसहित वरिष्ठ व्यवस्थापन पदहरू सम्हालेकी थिइन् ।
बुलकको नियुक्तिपछि अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले ट्विटरमार्फत बुलकसँग अष्ट्रेलिया र विश्वमा चलिरहेको आर्थिक चुनौतीहरूको सामना गर्ने, नेतृत्व गर्ने विशेषज्ञता र दृष्टिकोण रहेको विश्वास गरिएको बताएका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया