प्रभु महालक्ष्मी लाइफको एकीकृत कारोबार प्रारम्भ
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्जरपछि एकीकृत कारोबार सुरु भएको छ । यी दुई कम्पनीले शुक्रबारबाट ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् ।
दुवै कम्पनीको जेठ २६ गते बसेको साधारणसभाले मर्जरसम्बन्धी प्रस्ताव पारित गरेको थियो । मर्जरका लागि यी दुई कम्पनीबीच एक बराबर एक अर्थात १ः१ को स्वाप रेसियो कायम भएको थियो । मर्जरपश्चात् बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी चार अर्ब २९ करोड रुपैयाँ पुगेको छ । बीमा प्राधिकरणले तोकेको पाँच अर्ब रुपैयाँ चुक्ता पुँजीको लागि कम्पनीले १० करोड बराबरको प्रिमियम मूल्यमा एफपीओ निष्काशन गर्ने तयारी गरेको जानकारी दिएको छ ।
मर्जरपश्चात् एकीकृत कारोबार प्रयोजनका लागि दुवै कम्पनीको सम्पूर्ण हरहिसाब तथा तथ्याङ्कलाई एकल इन्स्योरेन्स सफ्टवेयरमा समायोजन तथा क्लोजिङ प्रयोजनका लागि असार २९ गते शुक्रबारदेखि ३१ गतेसम्म कम्पनीको सम्पूर्ण बीमा सेवा, कारोबार तथा अन्य सेवा बन्द रहने जानकारी पनि कम्पनीले दिएको छ । मर्जरसम्बन्धी प्रयोजनका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले साबिक प्रभु लाइफ इन्स्योरेन्सको सेयर कारोबारसमेत रोक्का राखेको थियो । एकीकृत कारोबारका लागि बनेको प्रभु महालक्ष्मी इन्स्योरेन्सको अध्यक्षमा सुभास अमात्य र प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराई रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया