अभियान लघुवित्तको साधारणसभा
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको तेस्रोे वार्षिक साधारणसभा बिहीबार पनौतीस्थित ताम्राकार पार्टी भेन्यूमा सम्पन्न भएको छ । संस्थाको अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न भएको हो । संस्थाका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको वर्तमान अवस्था र विद्यमान समस्याको बारेमा जानकारी गराएका थिए ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आव २०७८/०७९ को वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित ग-यो । साथै, सभाले सञ्चालक समितिले सर्वसाधारण सेयरधनीको तर्फबाट उमेश दाहाल र नारायणप्रसाद प्रसाईंलाई सञ्चालकमा मनोनित गरेको निर्णय अनुमोदन गरेको छ । सभामा पछिल्लो समय लघुवित्तमाथि थपिएको चुनौतीका विषयमा छलफल चलेको थियो । चालू आवमा नै सर्वसाधारणमा सेयर जारी गरेको संस्थाको चुक्ता पुँजी २५ करोड रहेको छ । काभ्रेको पनौतीमा केन्द्रीय कार्यालय रहेको संस्थाले आव २०७८/०७९ सम्ममा देशभर २१ जिल्लाका ६० वटा शाखामार्फत सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया