Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारचालु आर्थिक बर्षको अन्तिम दिन सेयर बजार

चालु आर्थिक बर्षको अन्तिम दिन सेयर बजार

नेप्सेमा दोहोरो अंकले बृद्धि, तीन अर्ब ३७ करोडको सेयर खरिद–बिक्री


काठमाौं । चालु आर्थिक बर्षको अन्तिम कारोबार दिन आज आईतबार सेयर बजार सुखद देखिएको छ । बजार परिसुचक (नेप्से) आज १२ दशमलव १६ अंकले उकालो लागेर दुई हजार ९७ दशमलव शुन्य नौ बिन्दुमा कायम रहन सफल भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९० अंकले उकालो लागेर तीन सय ९४ दशमलव १५ बिन्दुमा चढेको छ ।

धितोपत्र बजारमा आज दुई सय ८६ वटा कम्पनीहरुको सेयर खरिद–बिक्री भएका छन । जसबाट ३९ हजार ३७ पटकको कारोबारमा ७१ लाख ८४ हजार दुई सय ५४ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम दुई अर्ब ३७ करोड ६४ लाख २७ हजार पाँच सय ७३ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, निर्जीवन बीमा र अन्य उपसमुहहरुको सुचक उकालो लागेका छन् भने फाईनान्स, होटल तथा पर्यटन, जलबिद्युत, जीवन बीमा र टे«डिङ उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया