नयाँ प्याकेजसहित टेलिकमको समर अफर सार्वजनिक
काठमाडौं । नेपाल टेलिकमले नयाँ प्याकेसहित समर अफर उपलब्ध गराएको छ । यसमा सेवाग्राहीको रुचि र चाहनाबमोजिम केही नयाँ प्याकेजहरू थप गरिएको कम्पनीले जनाएको छ ।
त्यसैगरी एफटीटीएच, नमस्ते वाईफाई, सीयूजीलगायत विभिन्न भ्वाइस तथा डाटा प्याकेजहरूलाई थप आकर्षक बनाइएको छ । कम्पनीका अनुसार समर अफरमा अल टाइम डाटा प्याकअन्तर्गत पाँच सय रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिने १२ जीबी डाटा प्याक उपलब्ध भइरहेकोमा अब २० जीबी र आठ सय रुपैयाँमा २५ जीबी उपलब्ध भइरहेकोमा अब ३५ जीबी डाटा प्याक उपलब्ध हुनेछ । यस्तै, प्रिपेड सस्तो कम्बो प्याकअन्तर्गत सस्तो कम्बो २९९ प्याकमा १५० मिनेट अन नेट भ्वाइस कल, दुई जीबी डाटा र २० एसएमएसको सुविधा उपलब्ध भइरहेकोमा अब सोही मूल्यमा दुई जीबीको सट्टा चार जीबी डाटा उपलब्ध हुनेछ । साथै, सजिलो अनलिमिटेड ७९९ प्याकअन्तर्गत सबै नेटवर्कमा अनलिमिटेड भ्वाइस कल उपलब्ध हुनेछ ।
यसैगरी मेसिन टु मेसिन सिमकार्डको प्रयोगलाई प्राथमिकतामा राखी यसका लागि विभिन्न प्याकेजको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । यसमा ३० दिनसम्म प्रयोग गर्न सकिने विभिन्न दरको प्याकेज उपलब्ध हुनेछ । यस्तै, कर्पोरेट वर्गमा लोकप्रिय सियुजी प्याकलाई थप आकर्षक बनाइएको छ । साथै, अनलिमिटेड डाटा प्याकमा प्रदान गरिँदै आएको फेयर युज पोलिसीबमोजिम तोकिएको परिमाण उपभोगपछि लागु हुने थ्रोटलिङ स्पिड लिमिट बढाइएको छ । समर अफरअन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले स्टार १४१५ ह्याक्स डायल गर्नुपर्नेछ । साथै, कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया