Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाल शैक्षिक परामर्श संघको अध्यक्षमा भट्टराई

नेपाल शैक्षिक परामर्श संघको अध्यक्षमा भट्टराई


काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा शेषराज भट्टराई निर्वाचित भएका छन् । नयाँ नेतृत्वको लागि शनिबार भएको मतदानबाट उनी निर्वाचित भएका हुन् ।

कुल चार सय ६७ मतदातामध्ये भट्टराईले दुई सय ३८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी इक्यानका पूर्वअध्यक्षसमेत रहेका विष्णुहरि पाण्डेले एक सय ४६ मत पाए । यसैगरी अध्यक्षका अर्का उम्मेदवार कृष्णहरि केसीले २१ मत पाएका छन् भने देवीदास भट्टराईले ११ मत पाए । विजयी भएका भट्टराई र दोस्रो भएका पाण्डे प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका थिए । निर्वाचनमा अधिकांश भट्टराई प्यानलका उम्मेदवार विजयी भएका छन् । संघको उपाध्यक्षमा गीता शिवाकोटी (गीताञ्जली), लक्ष्मण पौडेल र भुवनबहादुर क्षेत्री निर्वाचित भए । शिवाकोटी भट्टराई प्यानलकी हुन् भने पौडेल र क्षेत्री पाण्डे प्यानलका हुन् । यस्तै, अन्य पदाधिकारीमा भने भट्टराई प्यालनका निर्वाचित भएका छन् । महासचिवमा दिपकराज भुषाल, सचिवमा भवनाथ हुमागाई, कोषाध्यक्ष आशिक कार्की, सहकोषाध्यक्षमा विकल्पराज पौडेल निर्वाचित भएका छन् । उनीहरू सबै भट्टराई समूहका हुन् ।

यस्तै, कार्यसमिति सदस्यहरूमा सुरज सिलवाल, साधना पुडासैनी, उमा खड्का पाठक, मञ्जित ढकाल, गोविन्द खनाल, आशीष रायमाझी, शशिप्रसाद भट्टराई, विजयकुमार बस्नेत र श्रीराम गिरी चुनिएका छन् । कुल १८ सदस्यीय कार्यसमितिका लागि ४४ जनाको मनोनयन दर्ता भएको थियो । इक्यानले चुनावलाई प्रविधिमैत्री बनाउनको लागि विद्युतीय भोटिङ प्रविधिको प्रयोग गरेको र चुनाव सकिएको एक घण्टामै नतिजा सार्वजनिक गरेको जानकारी दिएको छ । इक्यानको नवनिर्वाचित कार्य समितिले शनिबारै निर्वाचित भएको प्रमाणपत्र बुझ्दै पद तथा गोपनीयताको सपथग्रहण गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया