एसईईमा जिल्ला टप गर्ने विद्यालयलाई पाँच लाख पुरस्कार
सोलुखुम्बु । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सामुदायिक विद्यालयतर्फ सोलुखुम्बु जिल्लाको उत्कृष्ट बन्न सफल गार्मा माध्यमिक विद्यालयलाई पाँच लाख पुरस्कार दिइएको छ । सोलुदूधकुण्ड नगरपालिकाले विद्यालयलाई पाँच लाख र उत्कृष्ट छात्रा बबिता कार्कीलाई नगद ५० हजार रुयैयाँसहित सम्मान गर्ने निर्णय गरेको हो ।
नगरपालिकाको ७ नं वडामा रहेको विद्यालयकी छात्र कार्कीले ३.७ जीपीए प्राप्त गर्दै जिल्लाकै उत्कृष्ट बनेकी थिइन् । गार्मा माविबाट यस वर्ष सामान्य विषयमातर्फ २७ र प्राविधिक (कृषि)तर्फ १७ गरी ४४ जना एसईईमा सामेल भएका थिए । जसमा ३५ जनाले तीन जीपीएभन्दा बढी प्राप्त गरेका छन् । जिल्लाकै नमुना यस विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन गराउँदै आएको छ । अभिभावकहरू निजी विद्यालयमा आकर्षित हुन थालेपछि त्यसलाई रोक्न आफ्नो विद्यालयमा पनि पूर्णरूपमा अङ्ग्रेजी माध्यम लागू गर्नुपरेको सोलुदूधकुण्ड नगरपालिका ७ का वडाध्यक्षसमेत रहेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले बताए ।
कक्षा १२ सम्म अध्यापन हुँदै आएको यस विद्यालयमा प्राविधिक धार (कृषि जेटिए)को समेत अध्ययन हुँदै आएको छ । आफ्नै सुविधा सम्पन्न होस्टेलसहितको व्यवस्था रहेको गार्मा माविमा हाल ५६० जना विद्यार्थी अध्ययनरत रहेका छन् भने झण्डै ३० जना शिक्षकहरू रहेको विद्यालयका प्रधानाध्यापक विनोद सिह तामाङले जानकारी दिए ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- उद्योग क्षेत्रमा बारम्बार विद्युत् लाइन नकाट्न आग्रह
- नेपालको पर्यटन प्रवर्द्धनका लागि भाइबरसँग सहकार्य
- महिलालाई नीतिनिर्माण प्रक्रियामा साझेदार बनाउन सरकार प्रतिबद्ध
- ‘कृषिको व्यावसायीकरणका लागि निजी क्षेत्रसँग सहकार्य’
- अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन : कार्बन उत्सर्जन कम गर्ने विषयमा छलफल
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- अब हामीले बोक्ने सवारी चालक अनुमतिपत्र कस्तो हुन्छ?
- इजरेली हमलामा दुईजना सैनिक मारिएपछि इरानले भन्यो : ‘हामीसँग प्रतिरक्षाको अधिकार छ’
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया