गौरीशंकर गाउँपालिकाका उपाध्यक्षको निधन
काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन भएको छ । नेपाली कांग्रेस गौरीशंकर गाउँपालिकाका सभापतिसमेत रहेका तामाङको आइतबार दिउँसो गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा उपचारका क्रममा निधन भएको हो ।
बिहीबार पेट दुख्ने र पखला लाग्ने समस्या भएपछि उनलाई भक्तपुरको मध्यपुर थिमि अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा मुटुमा समस्या देखिएपछि अस्पतालले तामाङलाई शनिबार गंगालालमा रिफर गरेको थियो । उनको हृदयघातका कारण निधन भएको चिकित्सकले जनाएका छन् ।
श्वासप्रश्वासमा समस्या र मुटुको धड्कन अस्वाभाविक भएपछि आइतबार मुटुको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि भने उनको स्वास्थ्यावस्था झनै खराब भएर आएको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै उनको परिवारका सदस्यहरूले बताए ।
तमाङले लामो समयदेखी उच्च रक्तचापको औषधिसमेत नियमित सेवन गर्दै आएका थिए । मृतक तामाङकी श्रीमती, एक छोरा र एक छोरी छन् । तामाङको शवलाई आइतबार बौद्धस्थित तामाङ गुम्बामा राख्ने र बौद्ध विधिअनुसार अन्त्येष्टि गरिने बताइएको छ ।
क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 8
ताजा अपडेट
- मधुमासको आत्मरति !
- गोदावरीमा मण्डला प्रतियोगिता हुने
- उद्योग क्षेत्रमा बारम्बार विद्युत् लाइन नकाट्न आग्रह
- नेपालको पर्यटन प्रवर्द्धनका लागि भाइबरसँग सहकार्य
- महिलालाई नीतिनिर्माण प्रक्रियामा साझेदार बनाउन सरकार प्रतिबद्ध
- ‘कृषिको व्यावसायीकरणका लागि निजी क्षेत्रसँग सहकार्य’
- अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन : कार्बन उत्सर्जन कम गर्ने विषयमा छलफल
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया