Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभारत सरकारद्वारा एम्बुलेन्स र स्कुल बस सहयोग

भारत सरकारद्वारा एम्बुलेन्स र स्कुल बस सहयोग


काठमाडौं । भारत सरकारले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने संघसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० स्कुल बस उपहारस्वरूप सहयोग गरेको छ । काठमाडौँस्थित भारतीय राजदूतावासले आइतबार एक कार्यक्रमकाबीच नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रमअन्र्तगत सहयोग हस्तान्तरण गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एम्बुलेन्स र स्कुल बसको चाबी हस्तान्तरण गरेको दूतावासले जनाएको छ । नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग पु-याउँदै आएको भारत सरकारले सन् १९९४ देखि भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसका अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरूप प्रदान गर्दै आएको छ । कार्यक्रममा मन्त्री राईले नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रमले दुई देशबीचको जनताजनताबीचको सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउँदै लैजाने बताए ।

राजदूत श्रीवास्तवले कार्यक्रम भारत र नेपालबीचको विकास साझेदारीकै एक अंशका रूपमा रहेको जानकारी दिए । कार्यक्रमअन्तर्गत सन् १९९४ यता भारतले नेपालका विभिन्न जिल्लामा रहेका विभिन्न संघसंस्थालाई नौ सय ७४ वटा एम्बुलेन्स र दुई सय ३४ स्कुल बस उपहारस्वरूप उपलब्ध गराइसकेको विज्ञप्तिमा उल्लेख छ ।


क्याटेगोरी : बिबिध, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया