Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदुबै न्यारोबडी जहाजमा चरा ठोक्किँदा जहाज ग्राउन्डेड

दुबै न्यारोबडी जहाजमा चरा ठोक्किँदा जहाज ग्राउन्डेड


काठमाडौं । नेपाल एयरलाइन्सका दुबै न्यारोबडी जहाजमा चरा ठोक्किँदा इन्जिनमा आएको खराबीका कारण जहाज ग्राउन्डेड भएका छन् । यसमध्ये एन–एकेडब्यू जहाज मर्मतपछि सोमबार साँझ नियमित उडानमा जाने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

उनका अनुसार यो जहाजको दायाँ इन्जिनमा समस्या देखियो भने अर्को जहाजको बायाँ इन्जिनमा समस्या देखिएको छ । जहाजको मर्मतका लागि प्रक्रिया अगाडि बढेको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय उडानमा निगमसँग कुल ४ वटा जहाज छन् । उडानहरु भने पूर्वनिर्धारित रुपमा सूचारु रहेको निगमले जनाएको छ ।

दुई जहाजमध्ये एउटामा काठमाडौं र अर्को जहाजमा दुबईमा चरा ठोक्किएको थियो । त्यसपछिको परीक्षणमा इन्जिनमा समस्या देखिएको हो प्रवक्ता पौडेलले बताए । ‘दुबै जहाजमा आएको समस्याको मूख्य कारण नै बर्ड हिट हो, उनले भने ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया