काठमाडौं । बीमा कम्पनीहरूले संकलन गरेको बीमाशुल्क झण्डै पाँच प्रतिशतले बढेको छ । बीमा कम्पनीहरुले आर्थिक बर्ष २०७९–०८० को जेठ मसान्तसम्ममा कुल एक खर्ब ६० अर्ब ७४ करोड २६ लाख ६० हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार दशमलव ६२ प्रतिशतले बढी हो ।
प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार सञ्चालनमा रहेका १५ वटा जीवन बीमा र १४ निर्जीवन बीमा गरी कुल २९ वटा कम्पनीहरूले एक खर्ब ६० अर्ब ७४ करोड २६ लाख ६० हजार रुपैयाँ संकलन गरेका हुन् । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम एक खर्ब ५३ अर्ब ६३ करोड ६९ लाख ६२ हजार रुपैयाँ रहेको थियो । प्राधिकरणका अनुसार आव २०७९–०८० जेठ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरूले मात्र संकलन गरेको कुल बीमाशुल्क रकम ३६ अर्ब १९ करोड ८८ लाख ३९ हजार रुपैयाँ रहेको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पाँच दशमलव ९७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा निर्जीवन कम्पनीहरूको कुल बीमाशुल्क रकम ३४ अर्ब १५ करोड ८८ लाख २१ हजार रुपैयाँ रहेको थियो । जीवन बीमा कम्पनीहरूले भने २०८० जेठ मसान्तसम्ममा एक खर्ब २४ अर्ब ५४ करोड ३८ लाख २१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार दशमलव २४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कुल जीवन बीमाशुल्क रकम एक खर्ब १९ अर्ब ४७ करोड ८१ लाख ४१ हजार रुपैयाँ रहेको थियो ।
प्राधिकरणका अनुसार आव २०७९–०८० जेठ मसान्तसम्ममा कुुल निर्जीवन बीमालेखको संख्या भने २५ लाख ३७ हजार चार सय १६ पुगेको छ । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आठ दशमलव शून्य छ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको जेठ मसान्तसम्ममा कुल २३ लाख ४८ हजार दुई सय ३२ वटा निर्जीवन बीमालेख जारी भएको थियो । २०८० को पछिल्लो अवधिमा जारी भएको कुल जीवन बीमालेखको संख्या भने एक करोड ४० लाख ६९ हजार नौ सय ३७ पुगेको छ । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ दशमलव ३८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा जारी भएको कुल जीवन बीमालेखको संख्या एक करोड २६ लाख ३२ हजार तीन सय ७३ रहेको थियो ।
बीमा कम्पनीहरूको कुल कार्यालय संख्या भने आव २०७९–०८० को पछिल्लो अवधिमा दुई हजार आठ सय ८७ वटा पुगेको छ । प्राधिकरणका अनुसार यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ दशमलव ९५ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा बीमा कम्पनीहरूको कुल कार्यालय संख्या तीन हजार तीन सय ३५ वटा रहेको थियो । आव २०७९–०८० को जेठ मसान्तसम्ममा बीमा कम्पनीमा कार्यरत रहेको कुल कर्मचारी संख्या भने ११ हजार एक सय ९९ रहेको छ । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पाँच दशमलव ५० प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा भने बीमा कम्पनीहरूमा रोजगारी पाउनेको कुल संख्या ११ हजार आठ सय ५१ रहेको प्राधिकरणको भनाइ छ ।
क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 1
ताजा अपडेट
- आजदेखि मनकामना केबलकार नियमित सञ्चालनमा
- बाघको आक्रमणबाट एकजनाको मृत्यु
- पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम
- देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
- युरोपेली केन्द्रीय बैंकले फेरि ब्याजदर कटौती गर्यो
- आरबीआईद्वारा चार गैरबैंकिङ वित्त कम्पनीलाई ऋण दिन प्रतिबन्ध
- बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पुर्जी जारी
- भारतमा बिक्री घटेसँगै नोकियाको समग्र कारोबारमा गिरावट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया