Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसशस्त्रद्वारा एक अर्ब २६ करोडको चोरीको सामान बरामद

सशस्त्रद्वारा एक अर्ब २६ करोडको चोरीको सामान बरामद


काठमाडौं । सशस्त्र प्रहरीले गत आर्थिक वर्षमा एक अर्ब २६ करोड ४४ लाख २४ हजारको चोरीको सामान बरामद गरेको छ । विभिन्न भन्सार कार्यालयमा सुरक्षाको लागि खटिएको सशस्त्रले सो रकम भन्सार कार्यालयलाई बुझाएको हो ।

आर्थिक वर्ष २०७८/७९ को भन्दा आव २०७९/८० मा करिब २७ प्रतिशत बढीको भन्सार छलीका सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सो अवधिभर सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटले साउनमा नौ करोड ७९ लाख, भदौमा ११ करोड २५ लाख, असोजमा आठ करोड ७४ लाख ९४ हजार, कात्तिकमा छ करोेड ९१ लाख ५८ हजार रुपैयाँ बराबरको मालसामान बरामद गरेको सशस्त्र प्रहरीका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।

यस्तै, मङ्सिरमा आठ करोड ४८ लाख ५१ हजार, पुसमा १७ करोड ५८ लाख ५० हजार, माघमा आठ करोड १९ लाख ९६ हजार, फागुनमा आठ करोड ७९ लाख ६० हजारको मालसामान बरामद भएको छ ।

त्यस्तै, चैतमा ११ करोड १८ लाख ३० हजार, वैशाखमा १३ करोड ८१ लाख ८९, जेठमा ११ करोड ४३ लाख ६४ हजार र असारमा १० करोड २३ लाख १२ हजार बराबरको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको प्रवक्ता खड्काले जानकारी दिए । आर्थिक वर्ष २०७९/८० मा सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयले उल्लेखित मूल्य बराबरको अवैध चोरी, निकासी बरामद, वन पैदावार, सुनचाँदी र अवैध रुपैयाँ बरामद गरी भन्सार दाखिला गरेको हो ।

सो अवधिमा नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीले २८ करोेड ७३ लाख ४५ हजार, नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले ६५ करोड ७० लाख २६ हजार, नम्बर ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरले एक करोड ९० लाख ९९ हजार र नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीले दुई लाख ८१ हजार बराबरको मालसामान भन्सारमा दाखिला गरेको हो ।

त्यस्तै, नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीले २२ करोड १६ लाख १५ हजार, नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीले सात करोड ८३ लाख ४५ हजार रुपैयाँ भन्सार दाखिला गरेको वरिष्ठ उपरीक्षक खड्काले जानकारी दिए ।


क्याटेगोरी : समाचार, सुरक्षा अपराध
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया