Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविदेशमन्त्रीस्तरीय बिमस्टेक बैठक थाइल्यान्डमा

विदेशमन्त्रीस्तरीय बिमस्टेक बैठक थाइल्यान्डमा


थाइल्यान्ड । बंगालको खाडीका देशहरू सम्मिलित विदेशमन्त्रीस्तरीय बिमस्टेक बैठक थाइल्यान्डको राजधानी बैंककमा सुरु भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) एक आर्थिक र प्राविधिक पहल हो । जसले बहुआयामिक सहयोगका लागि बंगालको खाडीका देशहरूलाई एकसाथ ल्याउने काम गर्छ । बिमस्टेक क्षेत्रीय बहुपक्षीय संगठन हो ।

सोमबारदेखि सुरु भएको बैठकमा बिमस्टेकको एजेन्डालाई बलियो बनाउने र संगठनलाई मजबुत बनाउने विषयमा छलफल हुनेछ ।

बिमस्टेकका सदस्यहरू बंगालको खाडीको तटीय र आसपासका क्षेत्रहरूमा अवस्थित छन् । बिमस्टेकले दक्षिण र दक्षिणपूर्व एसियासहित ग्रेट हिमालय र बंगालको खाडीलाई जोड्छ । बिमस्टेकको लक्ष्य सामाजिक प्रगतिलाई गति दिनु र यस क्षेत्रमा साझा चासोका विषयहरूमा सहयोगलाई बढावा दिनु रहेको छ । विदेशमन्त्रीहरूको सम्मेलनमा क्षेत्रीय सहयोगका क्षेत्रमा अहिलेसम्म भएका प्रगति र संस्थागत ढाँचाबारे छलफल र समीक्षा हुने बताइएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया