Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकिङ कसुरको अभियोगमा पूर्वमन्त्री यादव पक्राउ

बैंकिङ कसुरको अभियोगमा पूर्वमन्त्री यादव पक्राउ


काठमाडौं । पूर्वमन्त्री विजयबहादुर यादव पक्राउ परेका छन् । लुम्बिनी प्रदेशका पूर्वमन्त्री समेत रहेका यादवलाई बैंकिङ कसुरको अभियोगमा जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट जारी भएको पक्राउपुर्जीको आधारमा बाँके प्रहरीले यादवलाई पक्राउ गरेर बुटवल पठाएको छ ।

प्रहरीका अनुसार यादवलाई आइतबार साँझ नेपालगञ्जबाट पक्राउ गरिएको हो । बाँकेको डुडुवा गाउँपालिका वडा नं. १, होलिया निवासी यादव लुम्बिनी प्रदेशका पूर्व कृषिमन्त्री हुन् । प्रहरीका अनुसार गत माघ १० मा रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवलाई उनले १२ लाख २८ हजार रुपैयाँको चेक दिएका थिए । पर्याप्त रकम नभएको बैंकको चेक दिएपछि यादवले उनीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा पूर्वमन्त्री यादव पक्राउ परेका हुन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया