Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबीएमडब्लुको ‘आईएक्स–३’ नेपालमा

बीएमडब्लुको ‘आईएक्स–३’ नेपालमा


काठमाडौं । जर्मन प्रिमियम कार ब्राण्ड बीएमडब्लुले आइएक्स–३ ब्राण्डको गाडी नेपालमा ल्याएको छ । पेट्रोलबाट चल्ने मोडल एक्स–३ को सफलतापछि इलेक्ट्रिक मोडल आईएक्स ३ नेपाल ल्याएको लक्ष्मी प्रिमियम मोटर्सले जनाएको छ ।

बीएमडब्लुको स्पोर्टस् एक्टिभिटी भेहिकल (एसएभी) आईएक्स–३ विश्व बजारमा कम्पनीको सर्वाधिक बिक्री हुने मोडल रहेको कम्पनीको भनाइ छ । नेपाली बजारमा पनि विश्व बजारको जस्तै सफलता मिल्ने कम्पनीको विश्वास छ । नेपालमा बढ्दो विद्युतीय कारको बजारलाई ध्यानमा राख्दै शून्य कार्बन उत्सर्जन गर्ने विद्युतीय भेहिकलको मागबमोजिम अल–इलेक्ट्रिक एसएभी आइएक्स–३ सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।

प्रिमियम फिचर, सुरक्षामा अब्बल र उत्कृष्ट रेन्ज आइएक्स–३ को बलियो पक्ष रहेको कम्पनीको दाबी छ । ८० किलोवाट पावर क्षमताको लिथियम आयोन ब्याट्री, २१० किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटर यसमा पाउन सकिन्छ । कम्पनीले यसमा ५.० इ–ड्राइभ टेक्नोलोजी प्रयोग गरेको छ । यसको अधिकतम पावर २८५ पीएस र टर्क ४०० न्यूटन मिटर रहेको छ ।

यसमा रहेको ८० किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ४६० किलोमिटर रेन्ज प्रदान गर्ने डब्लुएलटीपीको परीक्षणले प्रमाणित गरेको बताइएको छ । ब्याट्रीलाई १५० किलोवाट क्षमताको डिसी चार्जरले ३४ मिनेटमा शून्यबाट ८० प्रतिशत चार्ज गर्ने क्षमता राख्ने कम्पनीको भनाइ छ ।

यसको ड्यासबोर्डमा १२ दशमलव तीन इन्चको डिजिटल क्लस्टर र १२ दशमलव तीन इन्चकै इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ । साथै, यसमा भएको वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, स्पोर्टी सिट, लेदर ¥याप गरिएको थ्री स्पोक स्टेरिङ ह्वील जस्ता सुविधा कारमा रहेको बताइएको छ । पेट्रोलियमबाट चल्ने एक्स ३ मा बलियो उपस्थिति बनाएको बीएमडब्लुले आईएक्स–३ को सहयोगले प्रिमियम इलेक्ट्रिक भेहिकल सेगमेन्टमा पनि आफूलाई बलियो बनाउने अपेक्षा कम्पनीले गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया