उडान ‘डिले’ भएपछि निगमद्वारा छानबिन समिति गठन
काठमाडौं । मलेसियाको क्वालालम्पुरबाट भैरहवा हुँदै काठमाडौँ आउन तय भएको जहाजको उडान ‘डिले’ भएको विषयमा नेपाल वायुसेवा निगमले छानबिन समिति गठन गरेको छ ।
नेपाल एयरलाइन्सको ९एन(एकेडब्लू न्यारोवडी जहाज मंगलबार विहान उडान गर्नुअघि निरीक्षणका क्रममा क्रू अक्सिजन बोतलको प्रेसर कम देखिएपछि उडान रोकिएको निगमले राससलाई जानकारी दिएको छ ।
क्वालावम्पुरको स्थानीय समयअनुसार विहान ५ बजे भैरहवा उडानका लागि तय भएको विमानमा प्राविधिक त्रुटी देखिएपछि उडान डिले भएको थियो । प्राविधिक मर्मतपछि स्थानीय तहअनुसार दिउँसो ३ बजे उडान भइसकेको निगमले जानकारी दिएको छ ।
जहाजको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको र त्यसको जोहो हुन नसक्दा उडान १० घण्टा डिले भएको थियो । के(कस्तो प्राविधिक कारणले यो समस्या आएको हो सोको पत्ता लागाउन र भविष्यमा यस्तो समस्या दोहोरिन नदिन के गर्नुपर्छ भन्नेबारे सुझाव दिन छानबिन समिति गठन गरिएको निगमको भनाइ छ ।
निगमले उडान ढिलो भएकोमा आगामी दिनमा यस्तो हुन नदिने विश्वास दिलाउँदै यात्रुसँग माफी समेत मागेको छ । निगमले गत जेठ २९ गतेदेखि मलेसियाको क्वालालम्पुर(भैरहवा(काठमाडौँ रुटमा उडान सुरु गरेको हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया