Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबंगलादेशी उद्योगी भन्छन् : अब कलकारखाना खोल्नुपर्छ

बंगलादेशी उद्योगी भन्छन् : अब कलकारखाना खोल्नुपर्छ


ढाका, वैशाख १५
बंगलादेशी उद्योगीहरुले देशका कलकारखाना अब विस्तारै खुलाउनुपर्ने बताएका छन् । द डेलीस्टार अनलाइनका अनुसार देशको अर्थतन्त्रकै लागि पनि चरणबद्ध रुपमा निर्यातसँग सम्बन्धित वस्तु उत्पादक कलकारखाना खोल्न थाल्नुपर्ने उनीहरुले बताएका हुन् । यसका लागि उनीहरुले सरकारलाई आवश्यक निर्णय लिन सुझाएका छन् । फेडेरेसन अफ बंगलादेश चेम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्री (एफबीसीसीआई)ले विज्ञप्ति नै निकालेर यस्तो आग्रह गरेको हो ।

ढाकामा आयोजित छलफलपछि गार्मेन्ट उत्पादनकर्ता तथा निर्यात एसोसिएसनले उक्त धारणा राखेका थिए । लाखौँ श्रमिकहरु प्रभावित भएकाले आवश्यक सुरक्षा विधि अपनाएर ती कलकारखाना खोल्न सकिनेछ । हालसम्म ८ सय ६५ कलकारखानाले खोल्ने इच्छा जाहेर गरेका छन् । हालसम्म ३ अर्ब डलरका सामानको माग रद्द भइसकेको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x