Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराजर्षिजनक विश्वविद्यालयको उपकुलपतिमा यादव

राजर्षिजनक विश्वविद्यालयको उपकुलपतिमा यादव


काठमाडौं । राजर्षिजनक विश्वविद्यालयका उपकुलपतिमा प्राडा अमरप्रसाद यादव नियुक्त भएका छन् । सिफारिस समितिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले यादवलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गर्नका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो । समितिमा खुला विश्वविद्यालयकी उपकुलपति प्राडा शिलु मानन्धर र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी सदस्य थिए । विश्वविद्यालयका कुलपति नियुक्तिमा पहिलोपटक स्वच्छ प्रतिष्पर्धा गराएर नियुक्त गरिएको सिफारिस समितिका संयोजक डा. फुयाँलले बताए । उनका अनुसार उपकुलपतिका लागि १८ जनाको आवेदन परेको थियो । प्राप्त आवेदनमध्ये दुई जनाको आवेदन रद्द गरिएको थियो भने १६ जनाको नाम पहिलो चरणमा छनोट गरिएको थियो । १६ जनामा पनि प्रस्तुति गराएर छ जनाको नाम सर्ट लिस्ट गरिएको थियो । दोस्रोपटकको छनोटमा छ जनाबाट तीन जनाको नाम गत २६ गते बुधबार कुलपति तथा प्रधानमन्त्री दाहाल समक्ष सिफारिस गरिएको थियो । सिफारिसको पहिलो नम्बरमा रहेका यादवलाई प्रधानमन्त्रीले उपकुलपति नियुक्त गरेका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया