काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले अल्पविकसित देश (एलडीसी)लाई सहयोग गर्न विश्व समुदायलाई आग्रह गरेका छन् । अमेरिकाको न्युयोर्कमा जारी उच्चस्तरीय राजनीतिक फोरममा उनले दोहा कार्ययोजनाको समयमा नै पूर्ण कार्यान्वयन सुनिश्चित गर्न तथा नवप्रवर्तन र प्रविधि हस्तान्तरणमार्फत संरचनात्मक रूपान्तरण हासिल गर्न एलडीसीलाई सहयोगको खाँचो रहेको बताए ।
उनले बहुपक्षीयताको महत्व र विश्वव्यापी वित्तीय संरचनाको सुधारको आवश्यकतामा जोड दिए । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका गएका उपाध्यक्ष श्रेष्ठले उच्चस्तरीय राजनीतिक मञ्च (एचएलपीएफ) मा अल्पविकसित देश (एलडीसी)को तर्फबाट सम्बोधन गरेका हुन् ।
उपाध्यक्ष श्रेष्ठले अल्पविकसित राष्ट्रमा संकटको प्रभावका बारेमा प्रकाश पार्दै अल्पविकसित राष्ट्रमा दिगो विकास लक्ष्यकोे योजना र कार्यक्रम कार्यान्वयनलाई तीव्रता दिनुपर्ने बताए । उच्चस्तरीय राजनीतिक फोरममा सहभागी हुन नेपाली टोली गत असार २८ गते अमेरिकाको न्यूयोर्क पुगेको थियो ।
प्रतिनिधिमण्डलमा संघीय सांसद तथा राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिका अध्यक्ष प्रकाश पन्थ, संघीय सांसद तथा एमालेका सचेतक महेशकुमार बर्तौला र नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटा, योजना आयोगका सदस्य सचिव तोयनारायण ज्ञवाली, नेपाल सरकारका सचिव तथा अन्य अधिकारी एवम् संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका अधिकारी सहभागी छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- प्रहरीद्वारा जुवातास खेलिरहेका २१ जना पक्राउ
- तोलामा एक हजार चार सयले सुनको मूल्यमा बृद्धि
- अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन : कार्बन उत्सर्जन कम गर्ने विषयमा छलफल
- सेयरबजार थप घट्ने सम्भावना कति ?
- विकास बैंकहरूको निष्क्रिय कर्जा बढ्यो
- निर्माण व्यवसायीलाई अघिल्लो वर्षको भुक्तानी दिन प्रधानमन्त्री सकारात्मक
- सरकारको प्राथमिकता नै युवालाई वैदेशिक रोजगारमा पठाउने
- देश विकासको अभियानमा सघाउन अर्थमन्त्रीको अनुरोध
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया