Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअपरतामाकोशीको हकप्रद स्वीकृत

अपरतामाकोशीको हकप्रद स्वीकृत


काठमाडौं । नेपाल धितोपत्र बोर्डले अपर तामाकोशी हाइड्रोपावर कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्नको लागि स्वीकृति प्रदान गरेको छ । बोर्डका अनुसार कम्पनीलाई एक बराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो ।

कम्पनीको सेयर निष्काशन एवं बिक्री प्रबन्धकको रूपमा नागरिक लगानी कोष र सनराइज क्यापिटल लिमिटेड रहेका छन् । बोर्डका अनुसार कम्पनीलाई यही असार २२ गते हकप्रद सेयर निष्काशनको लागि अनुमति दिइएको हो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया