सिटिजन्स बैंकका ग्राहकलाई छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना ग्राहकलाई विभिन्न सेवामा छुट दिने विषयमा सम्झौता गरेको छ । सम्झौतापश्चात् बैंकका ग्राहकले ती संस्थाको सेवामा २५ प्रतिशतसम्म छुट पाउने भएको बैंकले जनाएको छ ।
बैंकका अनुसार तिनकुनेमा अवस्थित रिद्धिसिद्धि डायग्नोस्टिक एन्ड रिसर्च सेन्टरमा सेवामा लिन जाँदा बैंकका ग्राहकले अधिकतम २० प्रतिशत छुट पाउने भएका छन् । यसैगरी ललितपुरको भैँसेपाटीमा अवस्थित अर्बन स्माइल डेन्टल क्यर प्रालिका सेवामा अधिकतम २५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ । त्यस्तै, काठमाडौंको न्युरोडमा रहेको सयपत्री मेरीगोल्ड ज्वेलर्सका सेवामा पनि अधिकतम २५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समयसमयमा यस्ता सुविधा ल्याउने गरेको छ । बैंकले देशैभर फैलिएका आफ्ना एक सय ८८ वटा शाखा, एक सय ४५ वटा एटीएम, तीनवटा विस्तारित काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १६ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको बताएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया