छत्रपाटी चिकित्सालयको मेडिकल डाइरेक्टरमा सन्तोष मानन्धर नियुक्त
काठमाडौं । काठमाडौंको छत्रपाटीस्थित छत्रपाटी निःशुल्क चिकित्सालय (अस्पताल)को मेडिकल डाइरेक्टरमा डा. सन्तोष मानन्धर नियुक्त भएका छन् । नेपालको सबैभन्दा पुरानो सामुदायिक अस्पतालको नवनिर्वाचित अध्यक्ष डा मनोजमान श्रेष्ठको सपथग्रहणलगत्तै बसेको नवनिर्वाचित तथा निर्वतमान कार्यसमितिको संयुक्त बैठकले साउन १ गतेदेखि लागू हुनेगरी मानन्धरलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले पहिलो बैठकलगत्तै मानन्धरलाई नियुक्त गरेको घोषणासँगै स्वागत गर्नुका साथै पद तथा गोपनियताको सपथग्रहण गराएका छन् । नवनियुक्त मेडिकल डाइरेक्टर मानन्धरले छत्रपाटी निःशुल्क चिकित्सालयको स्वास्थ्य सेवा अझै प्रभावकारी बनाउने, गरिब, असहायले सहजै उपचार सुविधा पाउने व्यवस्था गर्ने र अस्पताललाई अत्याधुनिक स्वास्थ्य सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन् ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया