महिला फुटबल टिमको आधिकारिक प्रायोजक युनिलिभर
काठमाडौं । नेपालको राष्ट्रिय महिला फुटबल टिमलाई युनिलिभर नेपालले आधिकारिक प्रायोजन गर्ने भएको छ । मंगलबार कम्पनीले महिला फुटबल टिमको प्रायोजक बन्न अखिल नेपाल फुटबल संघ (एन्फा) सँग साझेदारी गरेको हो । एन्फासँग साझेदारी गरेर कम्पनीले नेपालभरि महिला फुटबलको विकासलाई बढावा दिँदै महिला सशक्तीकरण र लैङ्गिक समानताको आफ्नो प्रतिबद्धतामा अझ जोड दिएको जनाएको छ ।
यस प्रायोजनमार्फत युनिलिभर नेपालले सबै पक्षमा महिला फुटबल टोलीलाई सहयोग र प्रवद्र्धन गर्न नजिकबाट काम गर्ने सम्झौता भएको एन्फाले जनाएको छ । युनिलिभर नेपालले आफ्ना विभिन्न परियोजना एवम् सन्देशमार्फत न्याय, समानता र सामाजिक कल्याणको सशक्तीकरणमा जोड दिने बताएको छ । युनिलिभरको लाइफब्वाय र डभजस्ता ब्राण्डले स्वच्छता, स्वास्थ्य, आत्म–सम्मानको प्रवद्र्धन गर्दै, समाजद्वारा निर्धारित सौन्दर्यको मापदण्डलाई चुनौती दिनेतर्फ काम गर्ने बताएको छ ।
युनिलिभर नेपाल र एन्फा एकसाथ उभिनाले खेलकुदमा महिलाहरूको लागि भविष्य अझ उज्यालो बनाउने र महिला फुटबल खेलाडीको पुस्तालाई प्रेरित गर्न सहयोग मिल्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #page 3
ताजा अपडेट
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया