Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशपरम्परागत कृषि औजार बिक्रीमा गिरावट

परम्परागत कृषि औजार बिक्रीमा गिरावट


सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा परम्परागत कृषि औजार बिक्रीमा गिरावट आएको छ । कृषिमा आधुनिक औजारको प्रयोग बढेसँगै खेतीपाती गर्दा कृषकले प्रयोग गर्ने परम्परागत फलामे औजारको खपत घटेको स्थानीय व्यवसायीले बताएका छन् ।

फलामे औजारको प्रयोगको कमीले आरान व्यावसाय गर्ने समुदाय भने मर्कामा परेको उनीहरूको गुनासो छ । जिल्ला सदरमुकाम सल्लेरीस्थित साप्ताहिक हाट नयाँ बजारमा कृषिमा आवश्यक फलामे औजारहरू बिक्रीका लागि आएका देउसा दिङ्गेलका छिरिङ विश्वकर्मा सामग्री बिक्री हुँनै छाडेको बताउँछन् । उनले हँसिया, खुकुरी, फाली, कुटो, कोदालीलगायतका फलामे औजार बिक्रीका लागि ल्याएका थिए । तर पछिल्लो केही वर्षयता यी औजारहरूको खपत घट्दै गएको उनी बताउँछन् ।

उनका अनुसार सोलुखुम्बुसहितका क्षेत्रमा पहिलेजस्तो घरेलु उद्योगमा तयार पारिएका कृषि औजार बिक्री हुन छाडेको छ । कृषिमा आधुनिक औजार भित्रिनु र कृषि व्यवसाय गर्नेहरूसमेत घट्दै जाँदा त्यसमा प्रयोग गरिने परम्परागत फलामे औजारको खपत भारी मात्रामा घटेको विगत तीन दशकदेखि घरेलु आरन उद्योग व्यवसाय सञ्चालन गरिरहेका सल्लेरीका सुब्बे विश्वकर्माले बताए ।

कृषि औजार बिक्री हुन छाडेपछि देउसाका जुद्धबहादुर विश्वकर्मालाई पनि समस्या आइलागेको छ । परम्परागत बालीघरे चलन छाड्दै व्यावसायिक रूपमा आरन चलाउनेहरू केही वर्षयता पेसाले धान्न नसकेपछि पलायन हुन थालेका छन् । आरनलाई चाहिने कोइला र कच्चा फलामको व्यवस्थानमा चुनौती थपिएको र उत्पादन भएका औजारप्रतिसमेत क्रेताको आकर्षण न्यून हुँदा यो पेसा संकटमा परेको स्थानीयको भनाइ छ ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, बिबिध
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया