आरएसडीसी लघुवित्तको खुद नाफा ११ करोड १६ लाख
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आर्थिक २०७९/८० मा ११ करोड १६ लाख ४५ हजार दुई सय २० रूपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा १० करोड ५६ लाख ११ हजार दुई सय ६३ रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ८६ करोड ९५ लाख ६८ हजार दुई सय एक रूपैयाँ रहेको संस्थाले आव २०७९/८० मा छ अर्ब ७२ करोड १७ लाख ३७ हजार साता सय १९ रूपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट २८ करोड ४९ लाख ५२ हजार आठ सय ९५ रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा निष्क्रिय कर्जाको अनुपात एक दशमलव २२ प्रतिशत रहेको छ भने स्प्रेडदर एक दशमलव ८२ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले पाँच अर्ब ४० करोड १७ लाख ५५ हजार नौ सय ४८ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा संस्थाले २३ करोड ९० लाख ३५ हजार आठ सय ३० रूपैयाँ खुद ब्याज आम्दानी गरेकोमा निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ४९ प्रतिशत रहेको थियो । उक्त अवधिमा संस्थाको स्प्रेडदर भने दुई दशमलव ९२ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो
- गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन
- भारतीय क्रिकेटर शिखर धवनले कर्णाली याक्सबाट एनपिएल खेल्ने
- द्रुतमार्गको प्रगति सोचेभन्दा राम्रो रहेको संसदीय समितिको निष्कर्ष
- निर्मला पन्तको हत्या घटनामा प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने व्यक्ति नियन्त्रणमा
- धनराजलाई सिआईबीले लियो सुटुक्क बयान ! फरार श्रीमती बिरुद्ध इन्टरपोलमा रेड नोटिस जारी
- यूएईलाई हराउँदै यू-१९ महिला विश्वकपमा नेपाल छनोट
- राष्ट्रपति पौडेलले ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयक विशेष सत्रमा राखेको सम्बोधनको पूर्ण पाठ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया