विकास बैंकहरूले हरित कर्जा दिने
काठमाडौं । विकास बैंकहरूले उत्पादनमूलक क्षेत्रमा गरिने लगानीलाई हरित कर्जा योजनाअन्तर्गत समेट्ने भएका छन् । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले दिगो विकासमा योगदान दिनको लागि हरित निक्षेप योजना र हरित कर्जा योजना सञ्चालनमा ल्याउने निर्णय गरेका हुन् ।
सो निर्णयअनुसार विकास बैंकहरूले कृषिजन्य उद्यम, वनजन्य उद्यम, जल ऊर्जा, सौर्य ऊर्जा, जैविक ऊर्जा, वायु ऊर्जा, केवलकार÷रोपवे, विद्युतीय सवारी र फोहोर पानी प्रशोधन गर्ने उद्यमजस्ता शीर्षकमा निक्षेप तथा कर्जा योजना ल्याउने निर्णय गरेको एसोसिएसनले जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरूको लगानी तुलनात्मकरूपमा कम उत्पादनशील क्षेत्रमा बढ्दै गएकाले उत्पादनमूलक र दिगो विकासमा टेवा दिन ‘हरित कर्जा योजना’ ल्याउने निर्णय भएको पनि एसोसिएसनले जनाएको छ ।
यो योजनामा अन्य बचत र मुद्दती निक्षेपमा भन्दा शून्य दशमलव २५ प्रतिशत बढी ब्याज प्रदान गर्ने र यो योजनामा अन्य कर्जाको भन्दा शून्य दशमलव २५ प्रतिशतले कम ब्याज लिने नीति पनि लिन लागिएको एसोसिएसनले जनाएको छ । सदस्य बैंकहरूले आ–आफ्ना बैंकको व्यावसायिक रणनीतिअनुसार अझ बढी सुविधा दिनेगरी प्रोडक्ट पेपरलाई विकास गर्न सक्ने निर्णय पनि एसोसियनले गरेको छ । तर कार्बन उत्सर्जन गर्ने र जलवायु परिवर्तनलाई असर गर्ने कुनै पनि उद्योग/व्यवसायले हरित कर्जा सुविधा लिन पाउने छैनन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो
- गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन
- भारतीय क्रिकेटर शिखर धवनले कर्णाली याक्सबाट एनपिएल खेल्ने
- द्रुतमार्गको प्रगति सोचेभन्दा राम्रो रहेको संसदीय समितिको निष्कर्ष
- निर्मला पन्तको हत्या घटनामा प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने व्यक्ति नियन्त्रणमा
- धनराजलाई सिआईबीले लियो सुटुक्क बयान ! फरार श्रीमती बिरुद्ध इन्टरपोलमा रेड नोटिस जारी
- यूएईलाई हराउँदै यू-१९ महिला विश्वकपमा नेपाल छनोट
- राष्ट्रपति पौडेलले ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयक विशेष सत्रमा राखेको सम्बोधनको पूर्ण पाठ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया