Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्रीको आग्रह

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्रीको आग्रह


काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् । भारतको गुजरात चेम्बर अफ कमर्सले मङ्गलबार गुजरातमा आयोजना गरेको कार्यक्रममा उनले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्वर रहेको उल्लेख गर्दै निर्धक्कसँग लगानी गर्न आह्वान गरेका थिए ।

भर्खरै मात्र भारतसँग दश हजार मेघावाट जलविद्युत् निर्यात गर्ने सहमति भएको र यसले नेपालमा जलविद्युत् उत्पादन प्रोत्साहित हुने र धेरै विद्युत् खपत गर्ने उद्योगलाई समेत प्रशस्त सम्भावनाका ढोका खोलेको उनले बताए । नेपालमा जलविद्युत् बाह्रै महिना सस्तो दरमा उपलब्ध हुने अवस्था आइसकेको र उत्पादित सामानले भारतमा पनि सहज पहुँच प्राप्त गर्ने भएकोले नेपालमा लगानी गर्न उनले आग्रह गरे । नेपालमा विद्युत् मात्र नभई कृषि उद्यम, सूचना प्रविधि पर्यटनसमेत आकर्षक क्षेत्र रहेको, कृषि तथा पर्यटन उद्योगमा लगानीको अपार सम्भावना रहेको तथा प्रतिफल फिर्ता लैजान नीतिगतरूपमा कुनै समस्या नरहेकाले निर्धक्क भई लगानी गर्न उनले लगानीकर्तासँग अनुरोध गरेको अर्थ मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया