हङकङमा ‘नेपाल टुरिज्म फिल्म फेस्टिभल’
काठमाडौं । हङकङमा ‘नेपाल टुरिज्म फिल्म फेस्टिभल’ आयोजना गरिएको छ । हङकङस्थित हेनरी जि लियोङ हल, याउमा फेस्टिभल आयोजना गरिएको हो । प्रचुर पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका पर्यटकीय थलोहरू विश्वमाझ चिनाउने उद्देश्यले फेस्टिभल आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । फेस्टिभलमा ‘मेरो गाउँ मेरो ठाउँ भिडियो च्यालेञ्ज २०२३’ मा विजेता दश भिडियो प्रदर्शन गरिएको आयोजक विविल राइज फाउन्डेसनका अध्यक्ष तुलसी कुमार गुरुङले बताए ।
‘नेपालको सांस्कृतिक विविधतालाई बाहिर देखाउन सकेनौँ भने हाम्रो भाषा संस्कृति नेपालबाहिर कतै पनि जान सक्दैन’, उनले भने, ‘नेपालमा त्यस्ता धेरै सुन्दर पर्यटकीय स्थलहरू छन्, जसलाई यस भिडियो च्यालेन्जले प्रवर्द्धन गरिरहेको छ ।’ २०१९ को भिडियो च्यालेञ्जबाट लमजुङको राइनस र तनहुँको मनाङकोट धेरै चर्चामा आएको समेत उनले बताए ।
उनले यस फेस्टिभलले नेपालको कुनाकन्दरामा रहेका पर्यटकीय महत्वका नवीन थलोहरू एवम् कला संस्कृतिलाई विश्वभर उजागर गर्न सघाउनेमा जोड दिए । हङकङस्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत उदयबहादुर राना मगरले यस वृत्तचित्रबाट नपुगेका र नदेखेका ठाउँको बारेमा पनि जान्ने र बुझ्ने मौका पाएको बताए ।
फाउन्डेसनका इभेन्ट म्यानेजर प्रभात रिमालका अनुसार ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ मा वेस्ट भिडियो अफ द इयरको उपाधि जितेको टिम डुलुवाको ‘दि नर्थन वाल’, ‘जजेज च्वोइस अवार्ड जितेको आर्यन कुँवरको ‘मयुरी चाल’, टिम डुलुवाकै ‘मेरो गाउँ तकसेरा’– ‘मोष्ट इनरजेटिक भिडियो मेकर’, ‘फ्युचर स्टार अफ दि इयर’–आदर्श पाण्डे, ‘मोस्ट पोटेन्सियल डेस्टिनेसन’–सन्दकपुर गाउँपालिका, ‘वेस्ट एडिटर’–आकाश धिमाल, ‘वेस्ट स्क्रिप्ट–भ्वाइस ओभर’–रुमन थापा, ‘वेस्ट स्टोरी कन्सेप्ट डिरेक्सन’–सुरेशकुमार मुखिया, ‘वुनम भिडियो मेकर अफ दि इयर’–गरिमा भण्डारी र ‘वेस्ट सिनेमाटोग्राफर’–सन्तोष मालेकका दश विधाका भिडियो प्रदर्शन गरिएको थियो ।
फेस्टिभलमा हङकङ नेपाली महासंघ, एनआरएनए हङकङ, मितेरी सेवा समिति पोखरा हङकङ, नेपाली क्लब हङकङ, ओम नमो बुद्ध आमा समूह, कोन्मै घोथाने गुरुङ समाज, नादा समाज हङकङ, राइज मिडिया नेटवर्क र नेपाल पर्यटन बोर्डको सहकार्य रहेको थियो । ‘नेपाल टुरिज्म फिल्म फेस्टिभल’ हङकङपछि संसारका विभिन्न मुलुकहरू आयोजना गरिने आयोजक विविल राइज फाउन्डेसनले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया