‘न्यून बजेट पनि समयमा खर्च गर्न नसक्नु विडम्बना’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चालू खर्चको तुलनामा न्यून रहेको विकास बजेट पनि समयमा खर्च गर्न नसक्नु विडम्बना रहेको बताएका छन् । नेपाल इन्जिनियर्स एसोसिएसनको ६१औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा उनले आन्तरिक स्रोत कम भएको नेपालमा विकास बजेट चालू खर्चको तुलनामा न्यून रहेको बताए ।
न्यून बजेट पनि समयमा खर्च गर्न नसकेर विकास बजेटको ठूलो हिस्सा असारमा खर्च हुने गरेको उल्लेख गरे । असारमा गरिएका पूर्वाधारमा मनसुनको बाढी र पहिरोले क्षति पु-याउने तथा बनेका पूर्वाधार संरचना पनि नटिक्ने र दुर्लभ स्रोतको पनि सदुपयोग नहुने हुनाले असारे विकासको प्रवृत्तिलाई त्याग्नैपर्ने बताए । उनले समयमै निर्माणको थालनी नहुने अवस्थाको समाधानका लागि कानुनी, संरचनागत र प्रक्रियागत समस्या र त्रुटिमा सहजीकरण गर्न सरकार तत्पर रहेको बताए ।
कार्यक्रममा उनले मुलुकको आर्थिक विकासका लागि भौतिक पूवार्धार निर्माण पहिलो सर्त भएको बताए । विकास र पूर्वाधारविना आर्थिक उन्नति सम्भव नरहेको जनाउँदै उनले विकासका लागि सरकार, निजी क्षेत्र र वैदेशिक लगानी आवश्यक भएको उल्लेख गरे । ‘विकासका लागि सरकारसँग स्रोत कम छ । त्यसैले निजी क्षेत्रको लगानी आवश्यक देखिएको छ । पूर्वाधारको क्षेत्रमा पनि वैदेशिक लगानी आउन सकोस्, राजस्व तथा लगानी पनि बढोस् र ठूला पूर्वाधारमा विदेशी लगानी पनि आओस्’, उनले भने । विकासको गति तीव्र भएपछि नै मुलुकको आर्थिक अवस्थामा सुधार आउने उनको भनाइ छ ।
प्रधानमन्त्री दाहालले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार प्रतिबद्ध रहेको बताए । उनले सुशासनको लक्ष्य हासिल गर्न सरकारले भ्रष्टाचारविरोधी अभियानलाई तीव्रताका साथ अगाडि बढाइरहेको उल्लेख गरे ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अहिले पूर्वाधार र प्राविधिकको युग भएको उल्लेख गर्दै पूर्वाधारको विकासविना मुलुकको समृद्धिको कल्पना गर्न नसकिने बताए । ‘यो पुस्तामा पूर्वाधारको फराकिलो ‘ग्याप’ छ, कतिपय ठाउँमा अहिले पनि स्वास्थ्य चौकीसमेत छैन, केही प्रविधिको पछिल्लो विकसितरूपको प्रयोग गर्ने अवस्थामा पनि पुगेका छौँ’, उनले भने, ‘यी दुवै सन्दर्भलाई जोड्ने गरी पूर्वाधार र प्रविधिको विकासलाई आर्थिक उन्नतिको आधार बनाउनुपर्छ ।’ अहिलेकोे मुख्य आवश्यकता पूर्वाधार, सम्पर्क सञ्जाल, विद्युतीकरण रहेको उल्लेख गर्दै उनले न्यूनतम पूर्वाधारको विकाससँग अन्य विकासका ढोका खुल्ने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया