लक्ष्मी भ्यालु फण्ड २ को बिक्री खुला
काठमाडौं । लक्ष्मी भ्यालु फण्ड २ को बिक्री खुला भएको छ । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले साउन ५ गते अर्थात् शुक्रबारदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । क्यापिटलले लक्ष्मी म्युचुअल फन्डअन्तर्गत् सञ्चालन हुने गरी प्रतिइकाइ १० रुपैयाँ अंकित दरका ८० करोड रुपैयाँ बराबरको आठ करोड इकाइहरू निष्काशन गर्न लागेको हो । जसमध्ये १५ प्रतिशत इकाइ कोष प्रवद्र्धक लक्ष्मी सनराइज बैंकले बीउ पुँजीको रूपमा लगानी गर्नेछ भने बाँकी रहेको छ करोड ८० लाख इकाइ सर्वसाधारणको लागि बिक्री खुला गरेको छ ।
सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम ८० लाख इकाइसम्म आवेदन दिन सक्नेछन् । आज साउन ५ गते शुक्रबारबाट निष्काशन हुने यो फन्डमा लगानीकर्ताले छिटोमा साउन नौ गतेसम्म र ढिलोमा साउन १९ गतेसम्म धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो
- गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन
- भारतीय क्रिकेटर शिखर धवनले कर्णाली याक्सबाट एनपिएल खेल्ने
- द्रुतमार्गको प्रगति सोचेभन्दा राम्रो रहेको संसदीय समितिको निष्कर्ष
- निर्मला पन्तको हत्या घटनामा प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने व्यक्ति नियन्त्रणमा
- धनराजलाई सिआईबीले लियो सुटुक्क बयान ! फरार श्रीमती बिरुद्ध इन्टरपोलमा रेड नोटिस जारी
- यूएईलाई हराउँदै यू-१९ महिला विश्वकपमा नेपाल छनोट
- राष्ट्रपति पौडेलले ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयक विशेष सत्रमा राखेको सम्बोधनको पूर्ण पाठ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया