नबिल बैंकले माग्यो फेलोसिपका लागि आवेदन
काठमाडौं । ‘नबिल सामाजिक उद्यमशीलता’ नबिल एसएसईअन्तर्गत फेलोसिप कार्यक्रमका लागि आवेदन खुला भएको छ । एसएसईअन्तर्गत् दोस्रो ब्याचको सफलतापूर्वक सञ्चालनसँगै तेस्रो ब्याचका लागि आवेदन खुला गरिएको बैंकले जनाएको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा सञ्चालित यस कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याई दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत गर्ने बैंकको विश्वास छ ।
कार्यक्रममा कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, सूचना प्रविधिलगायत जुनसुकै क्षेत्रमा नवीनतम सोच भएका १८ वर्षमाथिका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । यसका लागि नबिल एसएसईको फेसबुक पेजमा रहेकोे लिंकमा गई गुगल फारमबाट आवेदन दिन सकिने बताइएको छ । आवेदनको अन्तिम दिन बैंकले भदौ ३ गते तोकेको छ । सामाजिक उद्यमशीलतालाई प्रवर्द्धन गर्ने लक्ष्य बोकेको यस कार्यक्रम छ महिनासम्म चल्ने बताइएको छ । साथै, हरेक महिना तीन दिन आवासीय छलफल र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार पारिएको छ । तालिम अवधिभर तथा बाँकी छ महिना गरी एक वर्षका लागि सबै सहभागीलाई मेन्टरको व्यवस्था गरेर व्यवसाय गर्दा आइपर्ने व्यावहारिक कठिनाइको समाधानका लागि नबिलले सहयोग गर्ने बताइएको छ ।
आर्थिक सामाजिक रूपान्तरणलाई बढावा दिनका लागि सुरु गरिएको यस फेलोसिप कार्यक्रमबाट ३६ जनाले उद्यमशीलताको तालिम प्राप्त गरिसकेका छन् । विभिन्न पृष्ठभूमिबाट आएका सहभागीले सामाजिक उद्यम सञ्चालनका निम्ति आवश्यक कानुनी तथा करसम्बन्धी ज्ञान, व्यवसायको ब्रान्डिङ, बजारीकरणजस्ता विभिन्न विषयमा तालिम प्राप्त गरेका थिए । विभिन्नअन्र्तक्रिया कार्यक्रम तथा प्रक्रियाद्वारा सहभागीलाई प्राविधिक तथा व्यावहारिक ज्ञान उपलब्ध गराइएको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो
- गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन
- भारतीय क्रिकेटर शिखर धवनले कर्णाली याक्सबाट एनपिएल खेल्ने
- द्रुतमार्गको प्रगति सोचेभन्दा राम्रो रहेको संसदीय समितिको निष्कर्ष
- निर्मला पन्तको हत्या घटनामा प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने व्यक्ति नियन्त्रणमा
- धनराजलाई सिआईबीले लियो सुटुक्क बयान ! फरार श्रीमती बिरुद्ध इन्टरपोलमा रेड नोटिस जारी
- यूएईलाई हराउँदै यू-१९ महिला विश्वकपमा नेपाल छनोट
- राष्ट्रपति पौडेलले ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयक विशेष सत्रमा राखेको सम्बोधनको पूर्ण पाठ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया